सुदूरपश्चिममा लोकसेवाको विज्ञापन खोल्न तयारी पूरा

Kirci Gyan Kendra

धनगढी : सुदूरपश्चिममा २०७७ चैत ४ गते स्थापना भएको प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्नका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको छ। अहिले विज्ञापन खोल्न आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार लोकसेवा आयोग नियमावली, कार्य सञ्चालन निर्देशिका, परीक्षा दस्तुर एवं खर्च व्यवस्थापन सम्बन्धी मापदण्ड र पदाधिकारी, कर्मचारी तथा विज्ञका लागि आचारसंहिता तयार भइरहेको आयोगले जनाएको छ।

Samajik New Add 2082

आयोगको कार्यालयले गत असार २५ गते नै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रिक्त दरबन्दीको विवरण पठाउन भने पनि हालसम्म उपलब्ध नभएको आयोगका सचिव दुर्गा विष्टले बताए। ‘हामीलाई सम्पूर्ण विवरण प्राप्त भएपछि त्यसलाई आधार मानेर सबैभन्दा पहिले कुन पदका लागि विज्ञापन गर्ने भन्ने तयारी गर्छौ,’ उनले भने, ‘हाम्रो तयारी पूरा भएको छ। रिक्त दरबन्दीको विवरण प्रदेश सरकार र सबै स्थानीय तहबाट आएको छैन।’

Saud Agro Kailash

सुदूरपश्चिम प्रदेश सरकारले रिक्त दरबन्दीको विवरण पठाउन ढिलाई गरेपछि पाठ्यक्रम तयार गर्न पनि समय लाग्ने देखिएको छ। प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केही मात्र विवरण पठाएका छन् भने अधिकांशले बेवास्ता गरिरहेका छन्। रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि मात्रै कुन पदका लागि विज्ञापन खोल्ने भन्ने बाटो खुल्ने छ। तर‚ कर्मचारी अभावकै कारण विकास निर्माण लगायत सेवा प्रवाह द्रुतगतिमा हुन नसकेको बताउँदै आएको प्रदेश सरकार रिक्त दरबन्दीको विवरण नपठाएर लोकसेवा आयोगको विज्ञापन खोल्नका लागि बाधक बनेको छ।

रिक्त दरबन्दीको विवरण पठाउन मुख्यमन्त्री तथा मुख्य सचिवलाई दबाब दिने सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रवक्ता पूर्णा जोशीले बताइन्। ‘मुख्यमन्त्री कार्यालयलाई रिक्त दरबन्दी उपलब्ध गराउन भन्छौं,’ उनले भनिन्, ‘हाम्रो प्रदेशलाई छिटो दौडाउनका लागि कर्मचारी आवश्यक पर्छन्, त्यसकारण हामी दबाब दिन्छौं।’

सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सबै स्थानीय तहले रिक्त दरबन्दीको विवरण पठाए अबको १५ दिनभित्रै विज्ञापन खोल्ने तयारीमा लोकसेवा आयोग छ। तत्काल उक्त विवरण प्राप्त भए दुई साताभित्रै पाठ्यक्रम तयार गरेर विज्ञापन खोल्ने बताइएको हो।

 

-thahakhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.