Mat

मंगलसेनमा नमूना मतदान कार्क्रम सम्पन्न

Sahil
Small Mat

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमूना मतदान कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका स्थानीय मतदाता शिक्षा समन्वय समितिको आयोजना तथा जिल्ला निर्वाचन कार्यालय अछामको समन्वयमा नमूना मतदान कार्यक्रम गरिएको हो ।

नमूना मतदान कार्यक्रममा जम्मा ३१ जनाले मतदान गरेकोमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फ एक एक मत बदर भएको थियो भने समानुपातिक तर्फ सत प्रतिशत मत सदर भएको थियो । मतदाता शिक्षा कार्यक्रमको प्रभावकारीता बारे जानकारी लिने र सम्भावित बदर मत हुने अवस्था विश्लेषणका लागि नमूना मतदान कार्यक्रम गरिएको जनाईएको छ । नमूना मतदान कार्यक्रमबाट चुनावी माहोल बढ्दै जानुका साथै मतदाता शिक्षा थप विस्तार हुने मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा मतदाता शिक्षा कार्यक्रम समन्वय समिति संयोजक खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा महिला स्वास्थ्य स्वंसेविका मार्फत मतदाता शिक्षा कार्यक्रम टोल स्तरमै संचालन भईरहेको उहाँको भनाई छ ।

अछामका  सबै १० वटै पालिकामा मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमूना मतदान कार्यक्रम गर्ने योजना रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । हालसम्म ७ वटा पालिकामा नमूना मतदान कार्यक्रम भईसकेको जनाईएको छ । मंगलसेनमा भएको नमूना मतदान कार्यक्रममा मंगलसेन नगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी,  रामारोशन गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सरस्वती रावल, वडा नम्वर ४ का अध्यक्ष नामसिंह धामी, मंगलसेन नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद उपाध्याय, शिक्षा अधिकृत जगत रावल, वडानम्वर ३ का निवर्तमान अध्यक्ष पदमसिंह भाट, निर्वाचन कार्यालयका नासु गजेन्द्र थारु लगायत स्थानीयहरु र व्यापारी तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

नमूना मतदानका केही तस्बिरहरुः

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.