विद्यालय नियमित सन्चालन राख्नका लागि सबैले सोच्नुपर्छ: शिक्षक र विद्यार्थी

कमल रावल, असोज १० अछाम ।

कोरोनाभाईरसका कारणले शैक्षिक क्षेत्र पुर्ण रुपमा बन्द हुदा ग्रामिण क्षेत्रका विद्यार्थीले निकै समस्या भोग्नु परेको शिक्षक तथा विद्यार्थीले बताएका छन । सरकारले विद्यालय पुर्ण रुपमा बन्द गरेर शैक्षिक क्रियाकलाप सँन्चालनमा सुरु गरेका बेला वैकल्पिक माध्याम प्रभावकारी नभएको बताएका हुन ।

Janahitkari notice EYE

शिक्षा क्षेत्रमा कोभिड १९ ले पारेकाे प्रभावबारे अछाम बहुमुखी क्याम्पस र शोडषा माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थी विच गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिले अनलाइन, वैकल्पिक टोल शिक्षा,रेडियो कक्षा लगाएतका कक्षा गरिब विद्यार्थिकाे पहुँचमा पुग्न नसकेको बताउनु भयो । लामो समय पछि यतिबेला आफुहरु विद्यालयमा नियमित आउन पाएकाले अब निरन्तर भौतिक रुपमा कक्षा संन्चालन हुनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रमका सहभागी अतिथिहरु ।

विद्यालय प्रशासनले स्वास्थ्यका मापदण्डलाई ध्यान दिएर भाबि दिनमा निरन्तर स्कुल सन्चालनमा ध्यान दिनुपर्ने बताएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिती अछाम (NCE) Nepal को आयोजनामा भएको कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर बिष्टले कोरोनाले शैक्षिक क्षेत्र ठप्प हुदा राष्ट्रको बिकासमा समेत असर परेको बताउनु भयो । २ बर्षको शैक्षिक संस्था बन्दको कारणले देशक‍ो दक्ष जनशक्ति उत्पादनमा समेत असर पर्ने बताउनु भयो ।

यतिबेला भौतिक रुपमा क्याम्पस तथा स्कुल पुर्ण रुपमा संन्चालन भईसकेकाले सबै वालवालिकालाई निर्धक्क साथ नियमित आउन आग्रह गर्नु भएको छ । अछामका शैक्षिक सस्थाले सिमित स्रोत साधन र जनशक्ति कारण समेत बन्दको समयमा विद्यार्थीको गुणस्तर कायम गर्न भुमिका खेलेको बताउनु भयो । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिती अछामका सदस्य रामारोशन दैनिक अछामका प्रकाशक नरेश कुमार शाहिको अध्यक्षतामा भएको कार्यक्रममा शोडषा माध्यामिक विद्यालयका प्राचार्य मदन बहादुर कुवरले विद्यालयले बालबालिकाको शैक्षिक गुणस्तर कायमका लागि विभिन्न क्षेत्रबाट छलफल, समन्वय, सहकार्यमा जोड दिदै आएको बताउनु भयो ।

सहभागी विद्यार्थिहरु ।

अहिले नियमित विद्यालय सन्चालन भईसकेकाले सबैले आफ्नो कर्तव्य भुल्न नहुने बताउनु भयो । भावि दिनमा शैक्षिक गुणस्तर माथि उठाउनका लागि सबैको साथको आवश्यकता भएकाले सबै एकमत भएर अघि बढनु पर्ने बताउनु भयो । कोरोनाले सिकाएको पाठलाई मध्येनजर गर्दै विद्यार्थी मेहनती र लगनशिल हुनुपर्ने बेला आएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धुब्र कुमार शाही, पुर्व क्याम्पस प्रमुख नृप बहादुर चाड, प्राध्यापक मान बहादुर बुढा, झपट कुमार केसी, शोडषा माध्यमिक विद्यालयका शिक्षक शँकर रावल लगाएतका अतिथि रहनु भएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिती अछामका सदस्य कमल रावलले सहजिकरण गर्नु भएको कार्यक्रमको संन्चालन सदस्य सचिव रतन बहादुर रावलले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थिहरु ।
Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.