डडेल्धुराबाट शेरबहादुर देउवा सातौं पटक निर्वाचित, छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो

Purnima Mobile
Samajik Bal biwaha

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

Mangala Bharna

बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्। प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

Mellekh RM1
Saud Agro Kailash

देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए । देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् ।

प्रधानमन्त्री देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन् । देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा छन्। तर, उनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनौती दिएका छन् ।

-thahakhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.