जनता नमुना मावि मेल्लेखमा ३१ जना विद्यार्थिलाई छात्रवृत्ति वितरण गरियो

Kirci Gyan Kendra

लाल बहादुर चदारा, मेल्लेखः
जनता नमुना माध्यमिक बिद्यालय मेल्लेखमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालयका संस्थापक स्वर्गीय मिनिराज खड्का काे ९८ औं  जन्म जयन्तीकाे अवसरमा उहाँ द्वारा स्थापित अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको हाे  ।

Samajik New Add 2082

विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार, असाय तथा जेहन्दार ३१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घराज खड्काकाे अध्यक्षतामा भएकाे ९८औं जन्मजयन्ति तथा छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थियो ।

Saud Agro Kailash

अध्यक्ष साउदले जनता मा. बि लाई नमुना बिद्यालयकै रुपमा स्थापित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाले मेल्लेखका शैक्षिक संस्थाकाे गुणस्तर वृद्धि र शैक्षिक सुधारका लागि लगानीमा कुनै कमि नरहने बताउनुभयो । शैक्षिक उन्नतिका लागि सबैले इच्छाशक्ति साथ जिम्मेवार हुनपर्ने बताउनुभयाे । गाउपालिकाबाट पहिलो प्राथमिकतामा शैक्षिक अवस्था सुधारकाे लागि लगानी गर्ने रहेको उहाको भनाइ छ । कार्यक्रमका विशिष्ट अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काले शैक्षिक विकासकाे लागि सबैले चासाे राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मेल्लेख गाउपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा, वडा न. ५ विन्धेवासनिका वडा अध्यक्ष प्रकाश अधिकारी, मेल्लेख गाउपालिका शिक्षा अधिकृत बिरेन्द्र बहादुर खड्का, नेकपा एमालेका प्रतिनिधि भाेज खड्का नेपाली काग्रेसका माेति सिह साउद, नेकपा माओवादि केन्द्रका प्रेमबहादुर बाेहरा, राष्ट्रिय स्वतन्त्रता पार्टिका ओम प्रकाश रावल, बिद्यालय व्यवस्थापन समिति सदस्य वीर बहादुर साउद, निवर्तमान वडा अध्यक्ष रमेश खड्का, पूर्व बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गाेरख खड्का, जनता नमुना मा बि का शिक्षक राम बहादुर साउद, जनशिखा क्याम्पस प्रमुख भिम बुढा लगायतले  शुभकामना मनतव्य राखेका थिए ।

निमित्त प्रधानाध्यपक तेज बहादुर साउदकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन विद्यालयका प्रधानाध्यापक नृप बहादुर बि क ले गर्न भएकाे थियाे । बिद्यालयका संस्थापक स्वर्गीय मनिराज खड्काकाे सम्झनामा सबैले फोटोमा माल्यार्पण पनि गरेकाे थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.