चक्र प्रशाद जैसी, मंगलसेनः-
३५ औैं विश्व एड्स दिवस सन् २०२२ को अवसरमा अछाम बहुमुखी क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
वाक नेपाल र जिल्ला स्वास्थ्य कार्यलय अछामको सहयोग तथा अछाम बहुमुखी क्याम्पसको सहजीकरणमा,एचआईभी एड्स रोकथाममा यौन शिक्षाको महत्व लान्छना र बिभेदी करण न्युनीकरणमा युबाहरुको भुमिका, बिषयक शीर्षक रहेको थियो।
प्रतियोगितामा बिन्दु साउद प्रथम, बहादुर साउद द्धितिय, गणेश अधिकारीे तृतिय र निशा साउद साउदले सन्तव्ना स्थान हासिल गर्नु भएको छ । बक्तृत्वकला प्रतियोगितामा अछाम बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीहरुले भाग लिएका थिए ।
बिजेता बक्ताहरुलाई भोलि बिहीबार एडस दिवसको अबसरमा स्वास्थ्य कार्यलय अछामको हलमा पुरस्कार बितरण गरीने अछाम बहुमुखी क्याम्पसमा अध्यानरत छात्र बहादुर साउदले जानकारी दिनुभयो ।