लैगिंक हिंसा विरूद्धको अभियानमा आत्म रक्षा गोष्ठी सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न

Kirci Gyan Kendra

अछाम : नेपाल राष्ट्रिय शिक्षक संगठन अछाम जिल्ला महिला विभागको आयोजनामा लैगिंक हिंसा विरूद्वको आत्म रक्षा तालिम मंगलसेनमा सम्पन्न भएको छ । महिला विभाग प्रमुख गीता ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा प्रमुख अतिथि रहनु भएको थियोे भने शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य नर बहादुर रावल बिशिस्ट अतिथि रहनु भएको थियोे ।

Samajik New Add 2082

कार्यक्रममा बोल्ने अतिथिहरूले महिला हिंसा विरूद्वको १६ दिने अभियान संचालन भईरहेको अवस्थामा यो बिशेष कार्यक्रम निकै उपयोगी हुने भएकाले महिला तथा पुरूष माथि हुने विभिन्न खालका हिंसा यस्ता प्रशिक्षणले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए । यस्ता महत्त्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिन सकेपछि समाजमा हुने महिला हिंसाका घट्नाहरू न्युनिकरण हुने कार्यक्रममा सहभागी सरोकारवालाले विश्वास ब्यक्त गरेका छन ।

Saud Agro Kailash

कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मञ्जु महत, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख नारायण डागी, एमाले प्रदेश कमिटी सदस्य सरिता उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश उपाध्यक्ष जानकी बोहरा, जिल्ला अध्यक्ष सर्पराज जैसी रिमाल, केन्द्रीय प्रतिनिधि मञ्जु कुवर, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन बोगटी लगायतले मन्तव्य राख्नु भएको थियोे ।

प्रशिक्षण कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख नारायण डांगीले गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय अछामका अन्य तालिम प्राप्त टोलीले आफुमाथि हिंसा भएमा आत्मरक्षा कसरी गर्ने भन्ने उपायको बारेमा जानकारी गराएका थिए । लैंगिक हिंसा विरूद्वको आह्वान, आत्मरक्षाको लागि तालिम हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको संगठनले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका १० वटै पालिकामा रहेका अध्यक्ष तथा अन्य पदाधिकारीको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन तपेन्द्र कुमार स्वारले गर्नु भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता तपेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.