विद्यार्थी अभियान अछामद्वारा मिर्गौला पीडितलाई ३४ हजार सहयोग

Kirci Gyan Kendra
Saud Agro Kailash

अछाम:

विद्यार्थी अभियान अछामले एकजना मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । साँफेबगर नगरपालिका वडा नम्बर १० का मिर्गौला पिडित दिलीप नगार्जीको उपचारको लागि अभियानले ३४ हजार सहयाेग हस्तान्तरण गरेको हाे ।

जिल्लाका विभिन्न संघ संस्था तथा समाजसेवीहरूबाट विद्यार्थी अभियानले सङ्कलन गरेको रकम मिर्गौला पीडित नगार्जीकी आमा सीता नगार्जीलाई हस्तान्तरण गरिएको अभियन्ता मनोज रावल जानकारी दिनुभयो।

विद्यार्थी अभियान अछामका अभियन्ता मनोज रावल, भरत राना, नवराज बिक, अनिल रैगाईको सक्रियतामा सङ्कलन गरिएको ३४ हजार रकम बिहीबार मिर्गौला पीडितकी आमालाई हस्तान्तरण गरिएको जनाईएकाे छ ।

सहयोग रकम बुझ्दै मिर्गौला पीडितकी आमा सीता नगार्जीले छोराको उपचारमा सहजताको लागि आर्थिक सहयोग गरेकोमा विद्यार्थी अभियान अछामका अभियन्तालाई धन्यवाद दिनुभएको थियो ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकाले छोराको उपचारको लागि सक्दो सहयोग गरिदिन उहाँले अपिल समेत गर्नुभयो । विद्यार्थी अभियान अछामले आफ्नो अभियान मार्फत पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई सक्दो सहयोग गरिरहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.