बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ आजबाट खुल्याे

आज एप्लाई गर्नु ठिक कि केही दिनपछि?

Kirci Gyan Kendra

काठमाण्डाैँ

Samajik New Add 2082

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलेको आईपिओमा आज बाट आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर ९आइपिओ० निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

निष्काशन गरिने कुल ८ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Saud Agro Kailash

उक्त सेयरमा सर्वसाधारणले असोज ११ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

तपाईले आजबाट आईपीओ भर्न सक्नु हुनेछ । पहिलाे दिन भर्दा नपर्ने भन्ने हुँदैन् । गाेला प्रथा अपनाएर गरिने सम्भावना धेरै भएकाले जहिले भर्दा पनि हुन्छ ।

-sherchautari

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.