वैद्यनाथ धाममा माघे संक्रान्ति मेला लाग्ने

Everest Incitute

पुष २४ अछामः
साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथस्थित वैद्यनाथ धाममा माघे संक्रान्तिको अवसरमा माघ १ गते मेला लाग्ने भएको छ । वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना भएको सर्वपक्षिय छलफलले माघे संक्रान्ति मनाउने निर्णय गरेको छ । वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष खड्क खड्काको अध्यक्षतामा भएको सर्वपक्षिय छलफल कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर र विशिष्ठ अतिथि उपप्रमुख शिवबहादुर कुँवर ‘शिलोज’ रहनुभएको थियो ।
माघे संक्रान्ति पर्वको उद्घाटन निर्वतमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा अछाम क्षेत्र नं.१ का सांसद शेरबहादुर कुँवरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै विशिष्ठ अतिथि अछाम क्षेत्र नं.१ प्रदेश (क) का प्रदेश सदस्य मेघराज खड्का र (ख) प्रदेशका प्रदेश सदस्य झपट साउद रहने जनाइएको छ ।
यस्तै माघे संक्रान्ति पर्वलाई सफल पार्नको लागि मंच व्यवस्थापन, स्वागत सत्कार र सांस्कृतिक उपसमिति गठन गरिएको छ । प्रेमनाथ योगिको संयोजकत्वमा मंच व्यवस्थापन उपसमिति, वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष नेत्र कुँवरको संयोजकत्वमा स्वागत सत्कार उपसमिति र लक्ष्मी शाहको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भरत कुँवरले जानकारी दिनुभएको छ ।
माघे संक्रान्ति पर्वमा साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथको पुतला, वडा नं.२ जाल्पादेवि, वडा नं.४ मष्टमान्डौं र वडा नं.७ रिडिकोटको न्याउले खेल, वडा नं.३ शिद्देश्वरको भुँवो, चौरपाटी गाउँपालिका वडा नं. ४ पायलको पुतला र वडा नं.५ लुंग्राको होली प्रस्तुति रहने जनाइएको छ । यस्तै साँफेबगर नगरपालिका वडा नं.१ ं वैजनाथ, वडा नं.२ जाल्पादेवि र वडा नं.३ शिद्देश्वरले कलस यात्रामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।
माघे संक्रान्ति मेलाको उद्देश्य वारेमा वैद्यनाथ वेद विद्याश्रमका अध्यक्ष डण्डिराज जोशीले जानकारी दिनुभएको थियो । सर्वपक्षिय छलफल कार्यक्रमका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.