पिपलसैन मा. वि. ठाँटीको ४ काेठे भवनको गाउँपालिका अध्यक्ष साउद द्वारा शिलान्यास

मेल्लेख गाउपालिका वडा नं. ३ ठाँटिकाे स्थित पिपलसैन मा. वि. मा चार काेठे पक्की भवनको शिलान्याँस गरिएकाे छ । राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५२ लाखकाे लगानीमा बन्ने भवनको गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउदले शिलान्याँस गर्नुभएको हो ।

भवन शिलान्यास गर्दै अध्यक्ष साउदले शैक्षिक क्षेत्रकाे विकासका लागि मेल्लेख गाउँपालिकाबाट हुने सहयोगमा कुनै कमि नरहने बताउनुभयो । शिक्षा क्षेत्रको भाैतिक र शैक्षिक सुधारका लागि गाउँपालिका र माथिल्ला निकायमा पनि पनि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । विद्यालयहरुमा आगामी दिनमा बनाउने संरचना मापदण्ड अनुसार बालमैत्री र भुकम्प रहित बनाउनुपर्नेमा उहाँको जोड छ ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले शिक्षा क्षेत्रमा लगाएकाे लगानी अनुसार प्रतिफल प्राप्त हुने गरि सबैले जिम्मेवार हुनुपर्ने बताउनुभयो । यस्तै शिक्षा अधिकृत बिरेन्द्र बहादुर खड्काले शैक्षिक अवस्था सुधार अहिलेकाे प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा समाजसेवी भिम बहादुर बुढा (सुवास ) ले मेल्लेख गाउँपालिकाले सम्पूर्ण विद्यालय कर्कटपात रहित बनाउने अवधारणा लाई निरन्तरता दिएकाे भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्वर ३ का वडा अध्यक्ष नाैले रावल, बिद्यालयका प्रधानध्यपक नृप बहादुर बुढा,  सव इन्जिनियर राजन खड्का, स्थानीय जनप्रतिनिधि अभिभावक लगायतको सहभागिता रहेका थियोे । बिद्यालयका सहायक शिक्षक बल बहादुर बुढाकाे स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रम काे संचालन वडा सचिव नरेन्द्र शाहले गर्नु भएकाे थियाे ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.