कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट

कमल रावल, असोज ११ अछाम ।
पहुँच र सिर्जनाका लागि सहकार्य नेपाल वाक नपाल अछाम सन २०२१ मा दातृ निकायबाट संन्चालित कार्यक्रम कार्यान्वयन गर्ने उत्कृष्ट संस्था भएको छ । वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको पश्चिम क्षेत्रिय कार्यालय अन्तरगत संचालित कार्यक्रम कार्यान्वयन गर्ने ९ वटा साझेदार संस्था मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने संस्थाको रुपमा वाक नेपाल सम्मानित भएको हो ।

Samajik New Add 2082

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालद्धारा उत्कृष्ट कार्य सम्पादन गर्ने संस्था छनौटका लागि तय गरिएका मापदण्ड तथा सुचकहरु पूर्ण रुपमा पुरा गरी वाक नेपाल बर्ष २०२१ को उत्कृष्ट कार्य सम्पादन गर्ने संस्थाको रुपमा सम्मननित हुन सफल भएको हो । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल पश्चिम क्षेत्रिय कार्यालय धनगढीले एक कार्यक्रममा बिच सम्मान गरेको छ ।

वर्ल्डभिजन ईन्टरनेशनल नेपालका पश्चिम क्षेत्रिय कार्यालयका फिल्ड अपरेशन म्यानेजर चेतराज भट्टराईले वाक नेपालका अध्यक्ष बल बहादुर केसीलाई उत्कृष्ट अवार्ड प्रदान गर्नु भएको थियो । कार्यक्रममा ९ वटै साझेदार स्थानीय गैरसरकारी संस्थाका पदाधिकारीहरु र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.