गुलाब नामक शक्तिशाली चक्रवात‍को असर मौसममा

असोज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न शुरु भई असोज ९ गते बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍को असर हाल मौसममा देखिएको छ । सो चक्रवात असोज १० गते भारतको उडिसाको जमिनमा अवतरण भई हाल न्यून चापीय क्षेत्रको रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने महाशाखाको भनाइ छ । तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भवमा भने न्यून रहेको महाशाखाले स्पष्ट पारेको छ ।

Samajik New Add 2082

महाशाखाका अनुसार मंगलबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ।
यस्तै दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पनि देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

-lokantar

Leave A Reply

Your email address will not be published.