काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आजका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले आजका लागि सारिएको थियो । अब बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।