ढकारी गाउँपालिकामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीता सुरु

१३ औँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता ढकारी गाउँपालिकामा सुरु भएको छ । राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गतका बिभिन्न खेलका लागी खेलाडी छनोट गर्न प्रतियोगिता सुरु भएको हो ।

गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख खडकराज अधिकारीको अध्यक्षतामा सुरु भएको प्रतियोगीताको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साउँदले खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन नसकेको बताएका छन् ।

Mangala School 2081 subhakamana

ढकारी गाउँपालिकामा खेलकुद क्षेत्रको विकासका लागी आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै खेलाडिको उचित व्यवस्थापन गर्ने समेत उनले उद्घोष गरेका छन् ।

गाउँपालिकामा खेलमैदानको उचित व्यवस्थापनको अभाव रहेको स्वीकार गर्दै उनले आगामी बर्ष खेल मैदानको व्यवस्थापन तथा रङ्गशाला निर्माणका लागी आवश्यक पहल गर्ने उनको भनाई छ ।

खेलकुद क्षेत्रमा राम्रो सम्भावना भएका खेलाडीहरू समेत व्यवस्थापनको अभावमा ओझेलमा पर्ने गरेको बताउँदै उनले ढकारी गाउँपालिकाका खेलाडीहरूको व्यवस्थापनमा कञ्जुस्याँइ नगर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति द्वारिका प्रसाद उपाध्याय,निवर्तमान गाउँपालिका अध्यक्ष धन बहादुर बुढा, उपाध्यक्ष नेत्रकला देवी शाही विशिष्ट अतिथि रहेको थिए ।

 

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.