गाँज्रा र तिमिल्सैनलाई पोषणमैत्री वडा घोषणा गरिने

अछाम : अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २ वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिने भएको छ । पोषणमैत्री वडा घोषणाका लागी आवश्यक पर्ने विभिन्न चरणहरु पुरा गरि पोषणमैत्री वडा घोषणा गर्न लागिएको हो ।

आर्थिक बर्ष २०७९÷८० मा नम्वर १ गाँज्रा र वडा नम्वर ४ तिमिल्सैनलाई पोषणमैत्री वडा निर्माण गरि क्रमसः गाउँपालिकालाई पोषणमैत्री पालिका बनाउन लागिएको पालिकाले जनाएको छ । बिशेषगरि बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्ने समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ राख्ने सक्ने हुदाँ पोषण अति आवश्यक भएकाले कार्यक्रमलाई तिव्रता दिईएको स्वास्थ शाखा प्रमुख रावलले बताउनुभएको छ ।
यसैबिच तिमिल्सैनलाई पोषणमैत्री वडा घोषणाका लागी प्रारम्भिक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा बुधबार वडा नं ४ तिमिल्सैनमा कार्यक्रम सम्पन्न भएको हो । पोषणमैत्री वडा घोषणाका लागी प्रारम्भिक एक दिने अभिमुखी कार्यक्रम वडा भित्रका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

सरोकारवालाहरुले वडालाई पोषणमैत्रि वडा बनाउन प्रतिबद्धता ब्यक्त गरेका छन् । पोषणमैत्री वडा घोषणाका लागी विभिन्न चरणहरु पार गर्नुपर्ने भएकाले कसरी चरण पार गर्ने भनेर अभिमुखिकरण गरिएको शाखा प्रमुख रावल बताउनुभयो ।

सोही कार्यक्रम मंगलबार वडा नं १ गाँज्रामा सम्पन्न गरिएको शाखा प्रमुख रावलले बताउनुभएको छ । कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल, वडा अध्यक्ष किरण खत्री, स्वास्थ्य शाखा प्रमुख बसन्त रावल, महिला वालवालिका शाखाका समिक्षा थापा सुआहाराका सेत बहादुर भुल लगायतको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.