मंगलसेन नगरपालिका भित्र ६ सय ७८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्यंक

तथ्यंक विश्लेषणका लागि सामाजिक विकास समिति संयोजक बृख बोगटीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन

Kirci Gyan Kendra

होम साउद/शंकर थापा, अछाम :

Samajik New Add 2082

अछामको मंगलसेन नगरपालिका भित्र ६ सय ७८ जना अपांगता भएका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । नगरपालिका भित्रका १४ वटै वडाका ६ सय १० घरधुरिमा गरिएको एक सर्बेक्षणबाट सो तथ्यंक निकालिएको हो ।

मंगलसेन नगरपालिकाले सेभ द चिल्ड्रेनको सहयोग तथा वाक नेपाल अछाम संगको समन्वयमा नगरका प्रत्येक वडाहरुमा गणकहरु खटाई अपाङ्गता भएका व्यक्तिको तथ्यांक सङ्कलन गरिएको र सो तथ्यंकमाथि छलफल तथा अभिमुखिकरण गरिएको छ । तथ्यांक सङ्कल गर्दा क, ख, ग  र घ बर्ग गरि ४ वटा श्रेणीमा बिभाजन गरिएको थियो भने तथ्यंङ्क संकलनका अन्य आवश्यक मापदण्डलाई समेत पालना गरिएको थियो ।

शुक्रबार सार्वजनिक गरिएको तथ्यंक अनुसार वडा नम्बर १ मा ६२ जना, २ मा १० जना, ३ मा ८६ जना, ४ मा ३० जना, ५ मा ९४ जना, ६ मा ३७ जना, वडा नम्बर ७ मा ८० जना अपाङ्गता भएका व्यक्तिहरु रहेको जनाईएको छ । यस्तै वडा नम्बर ८ मा २९ जना, ९ मा २२ जना,१० मा २७ जना, ११ नम्बर वडामा १३ जना, १२ मा ५२ जना, १३ मा ८८५ जना र वडा नम्बर १४ मा ५१ जना अपाङ्गता भएका व्यक्तिको तथ्यांक रहेको छ । सङ्कलित तथ्यांक हेर्दा सबैभन्दा बढी ४४ प्रतिशत मध्यम अपाङ्गता भएका व्यक्ति रहेका छन् भने सबैभन्दा बढी वडा नम्बर ५ मा ९४ जना र कम वडा नम्बर २ मा १० जना रहेका छन् ।

Saud Agro Kailash

नगर उपप्रमुख संगिता कुमारी रावलको अध्यक्षतामा भएको अपाँगता भएका व्यक्तिहरुको तथ्यंक अभिमुखिकरण छलफल कार्यक्रमबाट नगरको सामाजिक बिकाससमिति संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष बिर्ख बहादुर बोगटी संयोजक रहनेगरी ७ सदस्यीय तथ्यंक विष्लेषण तथा जाँचबुझ समिति समेत गठन गरिएको छ । समितिमा वडानम्वर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल, नगरपालिका स्तरिय अपाँग उत्थान समितिका अध्यक्ष रुद्र बिक, संघ संस्था समन्वय शाखा प्रमुख होम साउद, शिक्षा शाखाका प्रा. स. दिपक भण्डारी सदस्य रहेका छन भने महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्मुख सदस्य सचिव रहने जनाईएको छ ।  समितिले सबै वडाबाट संकलित तथ्यंकको विश्लेषण, सहजीकरण र थप जाचबुझ गर्नुका साथै आवश्यक सुझाब पेश गर्ने छ ।

कार्यक्रमका सहभागीहरुले नगरपालिकामा संकलित तथ्यंकबाट आगामी दिनमा नगरको योजना तर्जुमा र लक्षीत समुदाय केन्द्रित कार्यक्रम संचालनका लागि टेवा पुग्ने बताएका छन । नगरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने क र ख वर्गका अपाँगता भएका व्यक्तिहरु बाहेक अन्य अपाँगता भएका व्यक्तिहरुको तथ्यंक एकिन नभएको अवस्थामा अहिले संकलित तथ्यंक निकै महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादर सोडारी, वडा नम्वर ३ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक बृख बहादुर बोगटी, सेभ द चिल्ड्रेनका सह निर्देशक रतन राज ओझा, वाक नेपालका महाँसचिव अप्सरा कुवर र अपाँग उत्थान समितिका नगर अध्यक्ष रुद्र बिकले सुझाव सहितको संक्षीप्त मन्तव्य राख्नुभएको थियो । सेभ द चिल्ड्रेनका मिल संयोजक राजकुमार परियारले संकलित तथ्यंक प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा सेभ द चिल्ड्रेनका जिल्ला संयोजक प्रेम पुनले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो ।

नगरका १४ वटै वडाका वडा अध्यक्षहरु, नगरपालिकाका सम्वन्धित शाखा प्रमुखहरु, सेभ द चिल्ड्रेन र वाक नेपालका कर्मचारीहरु र पत्रकारको सहभागीता रहेको कार्यक्रममा वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक महादेब ओझाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.