पत्रकारितालाई मर्यादित र विश्वशनिय बनाउनुपर्ने: सरोकारवाला

Purnima Mobile
Kirci Gyan Kendra

अछाम जिल्लाका सरोकारवालाहरुले पत्रकारितालाई मर्यादित र विश्वशनिय बनाउनुपर्नेमा जोड दिएका छन । पछिल्लो समयमा पत्रकारित क्षेत्रमा विभिन्न किसीमका विकृति समेत देखिन थालेकाले यो पेशाको मर्यादालाई कामय राख्न अछाम जिल्लामा कृयाशिल पत्रकारहरुले यो कुरामा ध्यान दिनुपर्ने बताएका हुन ।

Samajik New Add 2082

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आफे २५ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको अछामको पत्रकारिता र अबको कार्यदिशा विषयक अन्र्तकृया कार्यक्रममा सहभागि सरोकारवालाले पत्रकारिता समाजको ऐना भएकाले वास्तविक समस्याहरुलाई उजागर गर्न निस्पक्ष तरिकाले कमल चलाउनुपर्नेमा जोड दिएका थिए । अछामी पत्रकारिता माथि पछिल्लो समयमा केही नकरात्मक टिकाटिपणी पनी हुन थालेको भन्दै पत्रकार महासंघको छाता संगठन पत्रकार महासंघलाई वास्तविक कृयाशिल पत्रकारहरुको मात्रै संगठन बनाउन कार्यक्रममा सहभागि अधिकांश सरोकारलाको सुझाव रहेको थियो ।

Mellekh RM1
Saud Agro Kailash

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले अछामी पत्रकारिता जगतले अछाम जिल्लामा संचालन भएका हरेक सामाजिक अभियानमा महत्वपुर्र्ण भुमीका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो । यो क्षेत्रमा पनि केही कमीकमजोरी रहेको हुदा आगाीम दिनमा पत्रकारहरुको योग्यता र क्षमता अभिबृद्धि गर्दै गुणस्तरिय पत्रकारितामा जोड दिन सुझाव दिनुभएको थियो । निस्पष्क्ष र गुणस्तरिय पत्रकारिताको माध्यमबाट बाट मात्रै समाज परिवर्तको पक्षमा टेवा पु¥याउने भएको हुदा अछामका पत्रकारहरुको क्षमता विकासका लागि आफे क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले पत्रकारिताको आचार संहितालाई मध्यनजर गर्दै पत्रकारले समाज परिवर्तनको पक्षमा लाग्नुपर्ने बताउनुभयो । आवाज बिहीनहरुको आवाजलाई उजागर गर्ने पत्रकारले कुनै दल संग आस्था भएपनि आफे संचार डेस्कमा पुगेपछि त्यो त्यो रंग देखिन नहुने सुझाव दिनुभएको थियो । पत्रकारको कमलममा ठुलो शक्ति हुने भएकाले त्यो शक्तिको सही सदुपयोग गरेमा त्यसले सिंगो राष्ट्रलाई टेवा पुग्ने अध्यक्ष बोहराको भनाई थियो ।

नेपाली काग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँरले पत्रकार महासंघ वास्तविक पत्रकारहरुको छाता संगठन बनाउनुपर्ने सुझाव दिनुभएको थियो । अछाममा महासंघको नेतृत्व गर्नका लागि मात्रै सदस्यता बृद्धि गर्ने र कृयाशिल रुपमा जिल्लामा थोरै पत्रकारहरु मात्रै रहेकाले आगामी दिमा यो विषलाई पनि छलफलको विषय बनाईनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता शिब बहादुर बोगटी र एकीकृत समाजवादीका नेता पुर्ण बहादुर रानाले अछामको पत्रकारितामा केही बीकृति देखिएको हुदा यस विषयमा अछामका पत्रकारहरुले गम्भिर रुपमा छलफलपरि यो पेशालाई लोकप्रिय बनाउन सुझाव दिनुभएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सुदुरपश्यिम प्रदेशका सह ईन्चार्ज शिवराज ढुंगाना, केन्द्रिय सदस्य तथा अछाम ईन्चार्ज धनराज साउद, मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारी, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल, प्रेस युनियका केन्द्रिय सदस्य सुशील प्रसाद भण्डारी, प्रेस सेन्टरका अध्यक्ष नरेन्द्र रावल, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावल, नेपाल रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगाना लगायतले सुझाव मन्तव्य राख्नु भएको थियो । प्रेसचौतारी अछामका उपाध्यक्ष एकेन्द्र महताको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको संचालन कमल रावलले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.