हरी रावलको अध्यक्षतामा एकीकृत अखिल नेपाल शिक्षक संगठन अछामको नयाँ नेतृत्व चयन

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash
एकीकृत अखिल नेपाल शिक्षक सँगठन अछामको ७ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले हरी बहादुर रावलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हिक्मत थापा, सचिवमा मनिराज महर र कोषाअध्यक्षमा नर बहादुर साउद लगायत २१ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरिएको जनाईएको छ । अधिवेशनको बन्दसत्रबाटै संगठनको आर्थिक तथा साँगठनिक प्रतिवेदन पारित गर्नुका साथै प्रदेश तथा केन्द्रिय महाँदिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ ।
यसअघि जिल्ला अध्यक्ष कुल बहादुर भण्डारीको अध्यक्षतामा भएको सातौं जिल्ला अधिवेशनको उदघाटन समारोहमा संगठनका केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम ईञ्चार्ज चेतना रेग्मी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा शिक्षक संगठनका निवर्तमान प्रदेश महाँसचिव बालाराम उपाध्याय र संगठनका प्रदेश महाँसचिव मनोज रावल विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा वाईसिएल केन्द्रिय सचिव तथा पार्टीका जिल्ला सचिवालय सदस्य शिव बोगटी, शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरी, प्राध्यापक संगठनका प्रदेश सदस्य झपट बहादुर केसी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष झपट बहादुर थापा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लाल बहादुर साउद लगायतका अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.