मेल्लेखकाे समग्र विकासकाे लागि सबै एकताबद्द हुनुपर्नेः अध्यक्ष साउद

सरस्वती आधारभूत विद्यालयकाे २२औं अभिभावक भेला सम्पन्न

अछामः

मेल्लेख गाउँपालिका ४ स्थित सरस्वती आधारभूत विद्यालयकाे २२औं अभिभावक भेला तथा भवन शिलान्यास कार्यक्रम कुस्काेटकाे राँफामा सम्पन्न भएकाे छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल देवी ताम्राकारकाे अध्यक्षतामा भएको भेला तथा शिलान्यास कार्यक्रमका प्रमुख अतिथि, मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएकाे थियो । प्रमुख अतिथिकाे आसनबाट बाेल्दै गाउँपालिका अध्यक्ष साउदले मेल्लेखकाे समग्र विकासकाे लागि सबैले एकता बद्द भएर साथ दिनु पर्ने बताउनुभयो । कुस्काेटकाे विकासकाे लागि आवश्यकताकाे आधारमा स्थानीय सरकारले खेल्ने भुमिकामा पुर्ण सहयाेग रहने उहाँले बताउनुभयो ।

स्वरस्वती अधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन सबै प्रतिबद्ध भएर जिम्मेवार हुनुपर्ने बताउदै उहाँले विद्यालयलाई आवश्यक सहयाेग र विकासकाे फड्काे मार्न गाउँपालिकाको तर्फबाट पूर्ण सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Mangala School 2081 subhakamana

कार्यक्रमका विशिस्ट अतिथि वडा नम्वर ५ का अध्यक्ष तथा सामाजिक विकास समिति संयाेजक प्रकाश अधिकारीले सबैकाे चाहाना समाज परिवर्तन र शिक्षाको चाैतर्फि विकास भएको बताउनुभयो । प्राथमिकताका आधारमा समस्या पहिचान गरि समाधान तर्फ लाग्नुपर्ने बताउनुभयो । वडा नम्वर २ का अध्यक्ष कुसल राज बुुढाले मेल्लेख गाउपालिका सरकार जनता प्रति उत्तरदायी बनेर अघि बढिरहेको बताउनुभयो । जनाताकाे आवश्यकता काे आधारमा दिगो विकास का लागि क्रमशः बजेट तयार गरिने बताउनुभयो ।

कार्यक्रममा वडा नम्वर ४ का अध्यक्ष चन्द साउदले शिक्षाकाे गुणस्तर बृद्धिका लागि सामुहिक भावनाबाट अघि बढनु पर्ने बताउनुभयो । यस्तै वडा न ८ का अध्यक्ष महेश ठकुल्लाले मेल्लेखमा शिक्षा माेडेल फरक बनाएर लैजानुपर्ने कुरामा जाेड दिनुभयो ।
भेलामा विद्यालयका शिक्षक मनाेज साउदले बिद्यालयकाे शैक्षिक भाैतिक प्रतिबेदन प्रस्तुत गरेका थिए । यस्तै शिक्षक दिल बहादुर साउदले आर्थिक बर्ष २०७९/८० काे ५० लाख ३८ हजार ६ सय एक बराबरको आय व्याय सार्वजनिक गरेका थिए ।

भेलामा जनता नमुना माध्यमिक बिद्यालयका निमित्त प्रधानध्यापक राम बहादुर साउद, बासुकि मा. बि. का प्रधानध्यापक कालू सिं साउद, वडा नं. ४ का वडा सदस्य संकर साउद, सालिभान साउद, नृप आउजी, पूर्व वडा सदस्य नैन सिंह सार्की, सिटि भिटि संगठनका जिल्ला अध्यक्ष गाेकुल शाह, अखिल क्रान्तिकारीका जिल्ला सदस्य मनाेज भुल, बाल क्लबका अध्यक्ष युवराज साउद लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक जित बहादुर साउदकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम संचालन प्रधानध्यापक झंकर रावलले गर्नुभएकाे थियो । साेहि कार्यक्रममा मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई काेठे पक्की भवनको शिलान्यास पनि गर्नु भएको थियाे । कार्यक्रममा विद्यार्थीहरुले बिविध साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.