अछाममा प्रदेश कृषि कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धि अन्तरक्रिया

सुदूरपश्चिममा कृषि विकासका कायर्यक्रम व्यक्ति प्रधान भएको गुनासो

Kirci Gyan Kendra

चक्र प्रशाद जैसी, मंगलसेनः

Samajik New Add 2082

प्रदेश कृषि कार्यक्रम कार्यान्वयन तथा समन्वय सम्बन्धि अन्तरक्रिया तथा गोष्ठि कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुर डोटीको आयोजनामा बिहिबार आज अछाम बहुमुखी क्याम्पसको सभाहलमा जिल्लाका सम्बन्धित सरोकारवालहरुसंग कृषि तथा पशुपन्क्षीका समस्या माथी अन्तरक्रिया गर्दै सम्पन्न भएको हो ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कृषि विकासका क्षेत्रमा सरकार उदासीन बनेको सहभागीहरुले बताएका छन् । विभिन्न पालिकाका शाखा अधिकृतले कृषि विकासका लागी आउने बजेट तथा अनुदानका कार्यक्रम व्यत्तिप्रधान भएको भन्दै गुनासो गरेका छन् । प्रदेश सरकारबाट कृषि विकास तथा पशु स्वास्थ्य संग सम्बन्धित कार्यक्रमहरु स्थानीय तहहरुबाट बिनासिफारिस कार्यान्वयन हुने गरेकाले सम्बन्धित लाभग्राहीहरु मर्कामा पर्नुका साथै कार्यक्रमहरु समेत प्रभावकारी कार्यान्वयन नहुने गरेको कार्यक्रममा सहभागीहरुको भनाई छ ।

Saud Agro Kailash

योजना छनोट तथा प्रभावकारी कार्यान्वयन गर्न आगामी दिनमा थप रणनीतिका साथ काम गर्ने कृषि निर्देशनालयले प्रतिक्रिया दिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय योजना महाशाखा प्रमुख टिकाराम थापाले किसानलाई बिमा गर्ने नगरेकाले झन्झटिलो लागे पनि बानी परेपछि सहज लाग्ने उहाँले बताउनुभयो ।

कृषि बिमा बारे प्रचार प्रसार हुन नसेको भन्दै यस्को प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । बजारमा माग भए अनुसार उत्पादन हुन नसकेको भन्दै उत्पादन बढाउन स्थानिय सरकारले बल गर्नुपर्ने उहाको भनाई थियो । भोकमरीमा रहेका नागरिकको जीवन स्तर सुधार्न र देशकै विकासका लागि कृषिको द्रुतर विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवँरले प्रमुख अतिथिको आशनबाट बोल्दै कृषि क्षेत्रको विकासका लागि सबै एकबद्ध भएर लाग्नु बताउनुभयो । कृषिले नै बेरोजगारको समस्या समाधान गर्ने भन्दै कृषकलाई सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । स्थानीय उत्पादनले मूल्य नपाउने गरेको सन्दर्भमा उहाँले स्थानीय सरकारले यसका लागि आवश्यक काम गर्नुपर्ने पनि बताउनुभयो ।

यस्तै कृषि निर्देशनालय राजपुरका कार्यालय प्रमुख यज्ञराज जोशीले प्रदेशमा निर्यात भन्दा बढी आयात हुने गरेको बताउनुभयो । भारतले गहुँ जस्तै चामल निर्यातमा कडाइ गरेमा भोकमरी सिर्जना हुने अवस्था भएकोले कृषि पेसामा जोड दिनुपर्ने उहाँको भनाइ छ । स्थानीय तहहरूले कृषिलाई प्राथमिकतामा राखेर कार्य गर्न सुझाव दिनुभयो ।

कृषि विकास निर्देशनालय राजपुर डोटीका प्रमुख यज्ञराज जोसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवँर प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै अन्र्तक्रिया कार्यक्रममा नगरपालिका नगर उप प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष, कृिष ज्ञान केन्द्र अछामका प्रमुख छपेन्द्र शर्मा,कृषि शाखा प्रमुख एवं प्रतीनीधी, पशु शाखा प्रमुख एवं प्रतिनीधी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.