मंगलसेन नगरका करार कर्मचारीद्धारा बिभिन्न माग सहित नगरप्रमुखलाई ज्ञापनपत्र पेश

मंगलसेन १२ असोज ।

स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मंच मंगलसेन नगरपालिका समितिले विभिन्न माग सहित नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । मंचका अध्यक्ष हिरणड बहादुर बोगटी नेतृत्वको कर्मचारीहरुको टोलिले नगर प्रमुख पदम बहादुर बोहरालाई ज्ञापनपत्र बुझाएको हो ।

Everest Incitute

कर्मचारीहरुका सामुहिक माग समेटीएको १२ बुदे ज्ञापनपत्र पेश गरिएको जनाइएको छ । अध्यक्ष बोगटीद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा पद अनुसारको समान तलव भत्ताको व्यावस्था गरिनुपर्ने लगायत १२ वटा बुदामा मागहरु राखिएको छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख बोहराले करार कर्मचारीहरुका मागहरु जायज भएको र माग पुरा गर्न आफुले सक्दो पहल गर्ने बताउनुभयो । ज्ञापनपलाई आगामी कार्यपालिका बैठकमा पेश गरि छलफलको विषय बनाउने र कर्मचारीहरुका माग सम्वोधनका लागि पहल गर्ने नगरप्रमुख बोहराको भनाई छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको विशेष उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र बुझाउनुपूर्व स्थानीय तह अस्थाइ तथा करार कर्मचारी हकहित मंच मंगलसेन नगर समितिको बैठक बसि नगरपालिकामा पेश गर्ने निर्णय गरिएको मंचका सचिव तर्क कुमार भूलले जानकारी दिनुभयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.