मंगल खबरको स्थापना दिवसमा गंगा माविका ४ जना बालवालिकालाई शैक्षिक सामग्रि वितरण

मिडियाको तर्फबाट पहिलोपटक प्रत्यक्ष रुपमा सामाजिक र रचनात्मक कार्य मंगलखबरले गरेको वडा अध्यक्ष भण्डारीको भनाई

Kirci Gyan Kendra

अछाम, ७ फागुनः

Samajik New Add 2082

मंगल मिडिया नेटवर्क प्रा. लि. द्धारा संचालित मगलखबर डटकमको प्रथम वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा अनाथ तथा टुहुरा बालवालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ । मिडियाले मंगलसेन नगरपालिका ६ स्थित गंगा मा. वि. तेसिंगेमा अध्ययनरत ४ जना अनाथ तथा टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

विद्यालयमा कक्षा ७ मा अध्ययनरत तुली कुमारी भण्डारी, कक्षा ६ मा अध्ययनरत आसिस भण्डारी, कक्षा २ मा अध्ययनरत बबिता नेपाली र कक्षा २ मै अध्ययनरत मदन भण्डारीलाई सामग्री हस्तान्तरण गरिएको थियो । सामग्रीहरुमा झोला १/१ थान, नोटबुक ३/३ थान, ज्यामिति १/१ थान,डटपेन र पेन्सिल एक/एक दर्जन र क्लेर व्याग एक/एक पिस उपलव्ध गराईएको छ ।

Saud Agro Kailash

मंगल मिडिया नेटवर्क प्रा.लि. का अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा मंगलसेन नगरपालिका ६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारिले मिडियाको तर्फबाट पहिलोपटक प्रत्यक्ष रुपमा सामाजिक र रचनात्मक कार्य मंगलखबरले गरेको बताउनुभयो । मंगल खबरले विद्यालयमै पुगेर अनाथ तथा टुहुरा बालवालिकालाई शैक्षिक सामग्री सहयोग गर्दै सामाजिक र फरक कार्य गर्नु निकै सकारात्मक भएको भन्दै उहाँले मिडियाको आगामि यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका अतिथि मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद उपाध्यायले सामाजिक संस्थाका रुपमा रहेको मंगल खबरले अनलाईन मार्फत सूचना, सन्देश र समाचार सम्प्रेषण संसंगै सामाजिक उत्तरदायित्वलाई पनि वहन गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा मंगलसेन नगरपालिका सूचना अधिकारी तथा मंगल मिडियाका कानुनी सल्लाहकार विष्णु प्रसाद जैसी, गंगा मा. वि. का विव्यस अध्यक्ष चक्र प्रसाद भण्डारी, प्रधानाध्यापक मोतीराम भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद भण्डारी, प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी, प्रेस चौतारी अछाम अध्यक्ष टेक बहादुर थापा र वडा नम्वर ६ का वडा सचिव तारा प्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी सबैले मंगलखबरले आवाज विहिनको आवाज बोल्ने मात्रै नभएर प्रत्यक्ष अनुभूति हुनेगरि कार्य गरेको भन्दै प्रशंशा गरेका थिए । गंगा माविका शिक्षक कुलानन्द भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचालन मंगल मिडिया नेटवर्क प्रा.लि. का सदस्य कमल कुमार रावलले गर्नुभएको थियो ।

केहि तस्बिरहरुः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.