शैक्षिक गुणस्तरको लागि शिक्षक, अभिभावक र विद्यार्थी जिम्मेवारी बन्नुपर्ने : पूर्व मन्त्री कुँवर

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

साँफेबगर नगरपालिका वडा नं ४ स्थित हिमालय ठुला माविको ५५ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर रहनुभएको थियो । वार्षिक उत्सव कार्यक्रममा वनेल्दै पूर्व मन्त्री कुँवरले शैक्षिक गुणस्तरको लागि अभिभावक शिक्षक र विद्यार्थी तिनै पक्षको महत्वपूर्ण जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो । अभिभावकले छोरीछोरीको आनीवानीका वारेमा जानकारी, विद्यार्थीले आफ्नो जिम्मेवारी पुरा र शिक्षकले विद्यालयमा निगरानी गर्न आवश्यक रहेको पूर्व मन्त्री कुँवरको भनाई रहेको छ ।
पूर्व मन्त्री कुँवरले अछामको विकास निर्माणको लागि आफूले केन्द्रमा पहल गर्दै आएको धारणा व्यक्त गर्नुभयो । सेति लोकमार्ग देखि वुढीगंगा जलविद्युत आयोजनाको काम अघि बढाउनको लागि केन्द्रमा पहल गर्दै आएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य मेघराज खड्काले अभिभावकको नीजि विद्यालयमा आकर्षण वढ्दै गएको बताउँदै यस तर्फ सामुदायीक विद्यालयले सोच्नु पर्नेमा ध्यानाकर्षण गराउनुभयो । उहाँले सुविधा सम्पन्न सामुदायी विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदेश सभा सदस्य खड्काले प्रदेशबाट जनताका आवश्यकता आधारमा योजना आउनेमा विश्वास दिलाउनुभयो । चुनावमा जनता सामु राखेका वाचाहरुलाई पूरा गर्ने पनि जानकारी दिनुभएको छ । यस्तै साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवरले शैक्षिक गुणस्तरको लागि नगरपालिकाले ठोस कार्ययोजना बनाएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख शिवबहादुर कुँवरले हिमालय माविको स्थापना देखि विद्यालयको स्तरउन्नतिको लागि सहयोग गर्ने व्यक्तिको सम्मान हुनेपर्नेमा जोड दिनुभयो । यस्तै बालबालिका लागू पदार्थ सेवनको सिकार बन्ने गरेको सुचना प्राप्त भएको बताउदै अभिभावक र शिक्षकलाई सचेत हुन आग्रह गर्नुभयो । वार्षिक उत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकेन्द्र कुँवरले विद्यालयको भौतिक पुर्वाधारको अवस्थाका बारेमा जानकारी दिनुभयो । वार्षिक उत्सव कार्यक्रममा साँफेबगर नगरपालिका निवर्तमान नगर उपप्रमुख बिर्मला बुड्थापा, समाजसेवी कालू सिंह कुँवर, साँफेबगर नगरपालिका प्रवक्ता मक्कर कुँवर, साँफेबगर नगरपालिका वडा नं ४ मष्टमान्डौका वडा अध्यक्ष नवराज बुढा, १२ खप्तडका अध्यक्ष जनक कडायत, मेल्लेख गाउँपालिका वडा नं.७ नन्देगडाका वडा अध्यक्ष प्रेम महर, शिक्षा शाखाका प्रमुख हिरादत्त भट्ट, अधिकारकर्मी रुपा आउजी, पशुपति कुँवर, बेतलमाण्डौ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश शाह, राष्ट्रिय मावि बाब्लाका प्रअ तिलक कुँवर लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्रअ नेत्र बुढाले स्वागत मन्तव्य राख्नुभएको वार्षिक उत्सव कार्यक्रमको सन्चालन शिक्षक अभिभावक संघका अध्यक्ष लालबहादुर कुँवर नेत्रले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.