अछाम ८ फागुनः
मंगलसेन नगरपालिकाका ३८ वटा आधारभुत विद्यालयमा ब्राेडब्याण्ड ईन्टरनेट बितरण गरिएको छ । मंगलसेन नगरपालिका मार्फत विद्यालयहरुमा ईन्टरनेट चलाउन सहजताका लागि डिभाईसहरु वितरण गरिएको हाे ।
नेपाल टेलिकमकाे फाेरजि सेवा अन्तरगत नेपाल टेलिकमकै आर्थिक सहायतामा मंगलसेन नगरपालिकाले विद्यालयहरुमा ईन्टरनेट डिभाईस उपलब्ध गराईएकाे छ । विद्युत पहुच नभएको विद्यालयमा नगरपालिकाले तत्काल साेलार जडान गरिदिने जनाईएकाे छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारीकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियाे । ईन्टरनेट डिभाईसहरु हस्तान्तरण गर्दै उपप्रमुख विद्यालयमा हस्तान्तरण भएका सामग्रीहरुकाे सहि सदुपयोग गर्नुपर्ने बताउनुभयाे । कार्यक्रमका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले शिक्षण सिकाई क्रियाकलापहरुलाई प्रविधि संग जाेडेर सिकाई उपलब्धि बढाउन आग्रह गर्नुभयाे ।
विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई ईन्टरनेट डिभाईस हस्तान्तरण संगै विद्यालयमा संचालन र जडान गर्ने विधिबारे नगरपालिकाका सूचना प्रविधि अधिकृत पाैरख कुमार बाेगटी र सेवाप्रदायक कम्पनी साङ्ग्रिला ईन्फरमेटिभका टेक्निसियन जगत विसिले जानकारी गराउनुभएकाे थियाे । ईन्टरनेट सेवा २ वर्षसम्म निशुल्क प्रयाेग गर्न सकिने र त्यसपछि रिचार्ज गर्नुपर्ने जनाईएकाे छ । २ वर्षसम्म सेवाप्रदायक कम्पनीलेनै सेवा शुल्ककाे जिम्मेवारी लिने सम्झाैता गरिएको छ ।
३८ वटै आधारभूत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिकाे सहभागीता रहेकाे हस्तान्तरण कार्यक्रमकाे सञ्चालन शिक्षा शाखाका प्रा. स. दिपक बहादुर भण्डारीले गर्नुभएको थियाे ।