क्यान्सर रोगले ग्रसित साँफेबगर ५ का बिरज ठकुल्लाको आर्थिक अवस्था नाजुक, सहयोगका लागि गुहार्दै

Purnima Mobile
Samajik Bal biwaha

अछाम : जिल्लाको साँफेबगर नगर पालिका वडा नँ ५ नवठाना निवासी १२ बर्षका बिरज ठकुल्ला अहिले वीर अस्पतालको बेडमा मृत्यु संग लडिरहेका छन । दुई महिना अगाडि धनगढी स्थित माया मेट्रो अस्पताल र सुदुरपश्चिम प्रादेशिक अस्पतालमा स्वास्थ परिक्षण गर्दा उनको पिठ्युँमा क्यान्सर भएको उनकी आमा राधा ठ्कुल्लाले बताइन ।

Mangala Bharna

राधा ठकुल्लाका अनुसार प्रादेशिक अस्पताल सेति बाट रिफर गरे पछि अहिले बिरज ठकुल्लाको काठमाडौ वीर अस्पतालमा उपचार भैरहेको छ । बिरज ठ्कुल्ला जन्मेको एक बर्षमा उनका बुवा लोकबहादुर ठकुल्लाको आज भन्दा एघार बर्ष अगाडि कामको शिलसिलामा भारतमा रहेको समयमा निधन भएको थियो ।

Mellekh RM1

बुबाको निधन पछि आर्थिक अवस्था कम्जोर भएको बिरज ठकुल्लाका परिवारलाई एक पछि अर्को संकट आइ रहेको उनका मामा गंगबहादुर रावतले बताएका छन । यसै बर्ष मात्रै उनकी आमाको पनि धनगढीको एक निजि निसर्ग अस्पतालमा सामान्य शल्यक्रिया भएको थियोे ।

Saud Agro Kailash

बिहान बेलुकी हात मुख जोर्न लाई धौ धौ परेका बिरज ठकुल्लाको उपचारका लागि आर्थिकको जोहो गर्न निकै कठिन भएको आँखा भरी आसु बगाउदै उनकी आमाले बताइन । श्रीमान बितेको पिडालाइ छोराको अनुहार हेरेर बिर्सन खोजेकी राधालाई छोरा बिरामी भए पछि पिडा माथी पीडा थपिएको छ ।

उनले छोराको उपचारका लागि सबै संग सहयोगका हात फैलाएको छ । छोरा बिरामी भएर उपचार गराउन आफू संग कुनै पैसा नभए पछि राधाका दाजु गंग रावतले सामाजिक संजाल फेसबुकमा सार्वजनिक अपिल गरे पछि देश बिदेश बाट सहयोग गरिरहेकाले अहिलेसम्मको उपचार खर्च भैरहेको उनले बताइन ।

बिरज ठकुल्लाको उपचारका सामाजिक संजालमा अपिल गर्न र ब्यबस्थित योजना बनाउनका लागि नेकपा माओवादी केन्द्रका साफेबगर नगरपालिका इन्चार्ज मनोज रावलको विशेष साथ सहयोग सुझाव रहदै आएको गंग रावतले बताए। यसरी अभियान संचालन गरेर अगाडि बढ्दा देश बिदेशमा रहेका नेपाली दाजुभाइ बाट आर्थिक सहयोग भएकोले अहिलेसम्म उपचार भएको मामा गंग रावतले बताए ।

अहिलेसम्म बिरजको उपचारका लागि सहयोग गर्ने सबैलाई उनकी आमा राधाले धन्यवाद दिदै थप उपचारका लागि सहयोग गरि छोरा बचाउने अभियानमा सहभागी भै दिनहुन सबैलाई अपिल गरेकी छन ।

सहयोगका लागि खाताबालाको नाम: राधा ठकुल्ला Radha Thakulla (बिरामी बच्चाको आमा) खाता नम्बर:00900600088184000001 बैङ्कको नाम: महालक्ष्मी बिकाश बैक शाखा: साँफेबगर सम्पर्क नम्बर:9848692842 सिर्जना रावत shirjana Rawat, कृषि बिकास बैक खाता नँ :0821901731231015 फाेन नँ 9866430988 शाखा :धनगढी कैलाली

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.