स्कटल्यान्डविरूद्ध कप्तान पौडेलले दिलाएको जित

Kirci Gyan Kendra

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल लगातार चौथो जित निकालेको छ ।

Samajik New Add 2082

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो ।

आजको जितका लागि कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरे। तीन विकेट गुमेपछि मैदान आएका पौडेलले विभिन्न उतारचढाव पार गर्दै टोलीलाई जितको बाटो देखाएका हुन्। उनले अविजित ९५ रन हाने। १०१ बल खेलेका पौडेलले ७ चौका र ४ छक्का प्रहार गरे ।

ब्याटिङका लागि पौडेल मैदानमा आउँदा १०.३ ओभरको खेलमा नेपालले जम्मा ३४ रन बनाउन सकेको थियो ।

त्यसपछि आएका हरेक ब्याट्सम्यानसँग पौडेलले साझेदारी गरे। कुशल मल्लसँग उनले ३७ रनको साझेदारी गरे। त्यसपछि आएका सन्दीप जोरा एक रनमै आउट भएपछि नेपाल झन् दबाबमा पर्‍यो।

Saud Agro Kailash

दीपेन्द्रसिंह ऐरीसँग ४२ रनको साझेदारी गरेर पौडेलले नेपालको स्कोर १ सय रन कटाए ।

त्यसपछि आएका सोमपाल कामीसँग पौडेलले ११ रन र सन्दीप लामिछानेसँग २४ रनको साझेदारी गरे ।

लामिछाने ९ रनमा आउट भएपछि नेपाल ८ विकेटको क्षतिमा १३८ रन बनाएर खेलिरहेको थियो। जितका लागि नेपाललाई थप ७५ रन चाहिएको थियो ।

त्यसपछि आएका करण केसीले भने पौडेललाई राम्रो साथ दिए। दुबै जनाले सुझबुझपूर्ण ब्याटिङ गरेपछि केसी र पौडेलबीच ७५ रनकै साझेदारी भयो। नवौं विकेटका लागि नेपाली ब्याटरको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले नेदरल्यान्डविरूद्ध सन् २०१८ मा नवौं विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

तत्कालीन कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कारको आरोपमा पक्राउ परेपछि नेपाल क्रिकेट संघ (क्यान) उनलाई निलम्बन गर्दै २० वर्षका पौडेललाई कप्तानको जिम्मेवारी दिएको थियो ।

यो सिरिजमा कप्तान पौडेलले नामिबियाविरूद्ध पनि ७२ रन जोडेका थिए। त्यही रनको सहयोगको नेपालले पहिलो खेलमै नामिबियालाई हराएको थियो ।

नामिबियासँगको अर्को खेलमा पनि उनले ३९ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.