शिक्षाको गुणस्तर बृद्धि गर्नुपर्नेमा रामारोशन गाउँपालिका अध्यक्ष साउँदको जोड

नेपाल राष्ट्रिय मावि चाफामाण्डौको वार्षिकोत्सव सम्पन्न

Kirci Gyan Kendra

नेपाल राष्ट्रिय माद्यामिक विद्यालय रामारोशन गाउँपालिका वडा नम्बर २ चाफामाण्डौँको ६० औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज देवकोटाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मान बहादुर साउँदको प्रमुख आतिथ्यतामा ६० औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।

Samajik New Add 2082

वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मान बहादुर साउँदले रामारोशन गाउँपालिकामै प्राविधिक तथा व्यावसायीक शिक्षा प्रदान गर्ने विद्यालयका रूपमा श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै कृषि क्षेत्रको उपयोगका लागी यो विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् ।

कृषि बाली विज्ञान सम्बन्धीको शिक्षालयै व्यवहारिक रूपमै प्रयोग गर्न सकिए निकट भविष्यमै रामारोशन गाउँपालिका कृषि क्षेत्रमा निर्यातमुखी पालिका बन्ने उनको अपेक्षा रहेको छ ।

नमुना विद्यालयका रूपमा विकास हुँदै गएको विद्यालयका लागी आवश्यक बजेट विनियोजन र भौतिक तथा पूर्वाधार विकासका लागी पालिकाले कुन्जुस्याई नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

Saud Agro Kailash

सामाजिक परिवर्तनका लागी शिक्षा क्षेत्रको महत्पूर्ण भूमिका हुने भएकाले गुणस्तरीय शिक्षाका लागी शिक्षक ,विद्यार्थी,बालबालिका लगायत सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा अध्यक्ष साउँदले जोड दिएका छन् । कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष साउँदले विद्यालयमा नव निर्मित भवनको उद्घाटन समेत गरेका थिए ।

कार्यक्रममा रामारोशन पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष नेकपा एमाले प्रदेश कमिटी सदस्य चक्र बहादुर रावल,नेपाली काँग्रेस प्रदेश कार्य समिति सदस्य अनुराधा स्वार,नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य पहल साउँद विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै अतिथिहरूले नेपाल राष्ट्रिय माद्यामिक विद्यालयमा प्राविधिक तथा व्यावसायीक शिक्षाको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै यसको निरन्तरताका लागी सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा विद्यालयको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रधानाध्यापक मनोज रावलले प्रस्तुत गरेका थिए । गत शैक्षिक सत्रको वार्षिक परीक्षामा विभिन्न स्थान हाँसील गर्न सफल बिद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रममा कार्यसम्पादन मूल्याङ्कनका आधारमा विद्यालयमा कार्यरत शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मीन परियार,तप्त भण्डारी,गणेश साउँद,नेपाली काँग्रेसका क्षेत्रीय कार्यसमिति सचिव पूर्ण बहादुर बि.क,नेकपा एमालेका जिल्ला कमिटी सदस्य चक्र बहादुर रावल,नेकपा माओवादी केन्द्रका टंक प्रसाद देवकोटा लगायतका अतिथि रहेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.