सुदूरपश्चिका १० स्थानीय तहमा फेरिए प्रमुख प्रशासकीय अधिकृत, को-को आउँदैछन् नयाँ उपसचिव?

Kirci Gyan Kendra

धनगढीः सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। कैलाली र पहाडी जिल्लाका गरी १० स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएको छ।

Samajik New Add 2082
Saud Agro Kailash

सुदूरपश्चिम १० वटा नयाँ उपसचिव प्रमुख प्रशासकीय अधिकृत रुपमा सरुवा भएर आउँदैछन्। महाकाली नगरपालिका दार्चुलामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा धर्मराज न्यौपाने, पाटन नगरपालिका बैतडीमा ओमप्रसाद पाण्डे, बुढीगंगा नगरपालिका बाजुरामा पदमलाल छामिछाने, लम्की चुहा नगरपालिका कैलालीमा जगदीश अर्याल आउँदैछन्।

त्यस्तै पर्शराम नगरपालिका डडेल्धुरामा पदमप्रसाद अर्याल, साँफेबगर नगरपालिका अछाममा डुबिन्द्रप्रसाद बराल, शिखर नगरपालिका डोटीमा पुरुषोत्तम घिमिरे, गोदावरी नगरपालिका अत्तरियामा अधिनकुमार पोखरेल तथा पूर्चौडी नगरपालिका बैतडीमा नवराज ढकाल प्रमुख प्रशासकीय अधिकृत रुपमा आउने भएका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरुको सरुवा गरेको हो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.