एमालेको ग्रासरुट कार्यक्रम पंचदेवल विनायक नगरपालिकामा सम्पन्न

अछाम : नेकपा एमालेको मिसन ग्रासरूट अभियान अन्तरगत पालिका स्तरिय कार्यक्रम पंञ्चदेवल बिनायक नगरपालिकामा सम्पन्न भएकाे छ ।

Samajik New Add 2082

नगर कमिटि अध्यक्ष गाेरख बहादुर रावलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दयाल बहादुर शाही प्रमुख अतिथि रहनु भएकाे थियाे ।

प्रमुख अतिथि शाहीले राष्ट्रपतिकाे निर्वाचन पछि देशकाे राजनितिले फरक माेड लिने बताउनु भयाे । देशकाे चिन्ता भन्दा पनि आफ्नाे चिन्ता बढी लिनेहरूले सरकारको नेतृत्व गरेकाले अब त्यस्ता ब्यक्तिहरूकाे दिन गन्ति सुरू भएकाे उहाकाे भनाई थियाे ।

कार्यक्रममा नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल राज तिमिल्सैनाले नेकपा एमालेकाे लाेकप्रियता लाई देखेर चाैतर्फि घराबन्दि हुदा नि जनमतले नेकपा एमालेलाई पहिलाे पार्टि बनाएकाे बताउनु भयाे ।

अभिमुखिकरणमा संबिाधान सभा सदस्य तथा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य भैरे कामिले नेकपा एमालेले नेतृत्व गरेकाे ४१ महिने सरकारले थुप्रै याेजना ल्याएकाे थियाे तर प्रमादेसि देउवा सरकारले जनहितका सबै याेजना कटाैति गरेकाे बताए ।

अभिमुखीकरणमा प्रदेश कमिटी सदस्य भरत साउद, बम बहादुर बिसि, राम बहादुर बिकले राष्ट्रिय राजनिति संकटमा नै रहेकाे बताउदै अहिले राष्ट्रिय राजनितिमा बिदेशीहरूले चलखेल गरेकाे बताए ।

कार्यक्रममा जिल्ला अध्यक्ष चन्द्र बाेहरा, सुदुरपश्चिम प्रदेश कमिटि सदस्य तथा कमल बजार नगरपालिका नगर उपप्रमुख शारदा कुवर, जिल्ला उपाध्यक्ष बल बहादुर कुवर, सचिव भिम बहादुर रावल कालोटोपी, जिल्ला किमटि अछामका सदस्यहरू, सल्लाहकारहरू, जनसंगठनका प्रतिनिधहरू, नगरकिमटिका पदाधिकारी तथा सदस्यहरू लगाएतकाे सहभागीता रहेकाे थियोे । नगर उप सचिव भरत रावलले स्वागत गर्नु भएकाे कार्यक्रमको संचालन सचिव बखत शाहीले गर्नु भएकाे तुर्माखाँद गाउपालिकाका ईन्चार्ज तथा जिल्ला कमिटी सदस्य नरेश कुमार शाहीले जानकारी दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.