अब सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

Purnima Mobile
Samajik Bal biwaha
Saud Agro Kailash

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादीहरु एक हुने समय आएको बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरुलाई एक ठाउँमा बनाउन थालेको बताएका हुन् ।
‘मैले पटक पटक, चाहे जनयुद्ध दिवसका दिन होस् । चाहे सहिद दिवसको दिनको कुरा होस् । जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको सन्दर्भमा गोरखामा गएर अपिल गरेँ । अब समय आएको छ, सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ’ प्रचण्डले भने, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रुपमा अगाडि आयो । शान्ति प्रक्रियामा आएपछि विभिन्न भंगालाहरुको रुपमा विभाजित भयो । अब समय बग्दै जाँदा ती सबै भंगालाहरु मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’
सबै विभाजित माओवादी नेताहरुले पाएको शिक्षालाई आफ्नो सम्पत्ति सम्झेर एकता गर्नुपर्ने प्रचण्डले बताए । ‘बाबुरामजीले हासिल गरेका अनुभवहरु, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरु, ती सबै अनुभवहरुलाई हाम्रा अनुभव भनौं’ उनले भने, ‘ती तितामिठा सबै अनुभव हाम्रै हुन् भन्ने अनुभव गरेका दिन हामी धेरै बलियो हुन्छौं ।’

Mangala Bharna

माओवादी शक्तिशाली भए मात्रै परिवर्तनका उपलब्धीलाई रक्षा गर्न सकिने प्रचण्डले बताए ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.