अछाममा पूर्ण मात्रामा खोप लगाउनेको सङ्ख्या ४६ हजार नाघ्यो

कोरोना भाईरस बिरुद्धको खोप बिभिन्न उमेर समूहलाई बिभिन्न चरणमा लगाइदै आएको छ । अछाममा पनि कोरोना भाइरस विरुद्धको पूर्ण मात्रामा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३ सय ५१ पुगेको छ ।
गत वर्षको माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु भएको थियो । कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा खोप अभियान चलिरहेको छ । अछाममा तिन प्रकारको खोप लगाइएको छ ।
जसमा जोनसोन एण्ड जोनसोनको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या १२ हजार ४ सय ८५ पुगेको छ । यस्तै कोभिसिल्ड अस्टाजेनेकाको पूर्ण मात्रा लगाउने सङ्ख्या १७ हजार ४ सय ५७ पुगेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
जिल्लामा भेरोसेल खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या १६ हजार ४ सय ५७ पुगेको स्वास्थ्य कार्यालय अछामले रेडियो बान्नीगढीलाई दिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा हालसम्म ४ हजार ३ सय ८ जनाले कोरोना खोपको पूर्ण मात्रा लगाएका छन् ।
रामारोशन गाउँपालिकामा ४ हजार २ सय ५७, मेल्लेख गाउँपालिकामा ४ हजार १६ जनाले, साँफेबगर नगरपालिकामा ६ हजार ९ सय ६६ जनाले कोरोना भाइरस विरुद्धको तिन वटै प्रकारको पूर्ण मात्रा लगाएको बताइएको छ ।

यस्तै चौरपाटी गाउँपालिकामा ३ हजार ४ सय ९ जनाले, मंगलसैन नगरपालिकामा ७ हजार ९२ जनाले, बान्नीगढी जयगढ गाउँपालिकामा ३ हजार ८ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा लगाएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
उता कमलबजार नगरपालिकामा ४ हजार ६ सय ५३ जनाले, ढकारी गाउँपालिकामा ३ हजार ७ सय ६१ जनाले र तुर्माखाँद गाउँपालिकामा ४ हजार ८ सय ७२ जनाले कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय अछामले जनाकारी दिएको छ ।
अछामका १० वटै स्थानीय तहमा कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ४६ हजार ३ सय ५१ पुगेको छ । पहिलो चरणमा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको थियो ।
दोस्रो चरणमा अग्रपङ्क्तिमा खटेर सेवा प्रवाह गर्दै आएका सञ्चारकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, एम्बुलेन्सकर्मी, सफाइकर्मीलगायतको क्षेत्रका कार्यरतलाई लगाइएको थियो ।
तेस्रो चरणमा सबै ज्येष्ठ नागरिक, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, सार्वजनिक सवारीका चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई लगाइएको थियो । जिल्लामा अहिले पनि कोरोना भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ ।
-bannigadhitodya
