अछामका ५ पालिकामा स्थायी बन्ध्याकरण शिबिर सञ्चालन हुने

Purnima Mobile
Samajik Bal biwaha

अछामका ५ वटा स्थानीय तहमा नि।शुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।

Mangala Bharna

यहि फागुन २९ गते सोमबारदेखि चैत ३ गतेसम्म नि। शुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेम्टोमी र महिलाहरुका लागि मिनिल्याप शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताउनुभयो ।

Mellekh RM1
Saud Agro Kailash

जिल्लाका १ नगरपालिका तथा ४ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो । शिविरमा सन्तानको रहर पुगेका महिला र पुरुष दुवैले सेवा लिन स्वास्थ्य कार्यालय अछामले अनुरोध गरेकोे छ ।

स्वास्थ्य कार्यालय अछामका अनुसार जिल्लाकोे ढकारी गाउँपालिकाको ढकारी स्वास्थ्य चौकीमा यहि फागुन २९ गते शिविर सञ्चालन हुँदैछ ।

यस्तै तुर्माखाँद गाउँपालिकाको तुर्माखाँद चौकीमा फागुन ३० गते, मंगलसेन नगरपालिका स्थीत जिल्ला अस्पताल अछाममा चैत १ गते, रामारोशन गाउँपालिकाको सान्तडा स्वास्थ्य चौकीमा चैत २ गते, र मेल्लेख गाउँपालिकाको चौरमाण्डु आधारभूत अस्पतामा चैत ३ गते नि। शुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरि सम्पन्न गरिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

त्यस्तै बन्ध्याकरण शिबिरमा आउदा महिलाहरुले मिनिल्यापका लागि खाना नखाएर आउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.