सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं, १३ असोज
ईलाम, ईलाम नगरपालिका-१ नेपालटारस्थित सडकमा ना.५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र.१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह चलाक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनँहु, ब्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा ग.१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया चेतकुमारी जैशीको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खोलाले बगाएर मृत्यु
मकवानपुर,
राक्सिराङ गाउँपालिका-८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका-८ गोङरे बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता माया थिङको मंगलबार दिउँसो मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका-८ स्थित देवीटार माध्यमिक विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
कास्की,
पोखरा महानगरपालिका-१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका-२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
