मंगलसेन नगरपालिकामा वार्षिक परिक्षाको अनुगमन

Kirci Gyan Kendra

यहि चैत्र ५ गतेबाट सुरु भएको वार्षिक परिक्षाको मंगलसेन नगरपालिका मार्फत सघन रुपमा अनुगमन कार्य संचालन गरेको छ । नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा मार्फत परिक्षाको अनुगमन कार्य भैरहेको हो ।

Samajik New Add 2082

जस अन्तरगत मंगलबार पनि विभिन्न विद्यालयमा अनुगमन टोलि पुगेको छ । शिक्षा शाखा प्रमुख जगत बहादुर रावलको नेतृत्वमा वडानम्वर ६ स्थित मालिका आधारभूत विद्यालय, वडानम्वर ४ स्थित पानिमुल आधारभूत विद्यालय र राधा माध्यामिक विद्यालयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा परिक्षा संचालन प्रक्रिया, शिक्षकहरुको उपस्थिति र समग्र व्यवस्थापकीय पक्षलाई विशेष जोड दिईएको शिक्षा शाखा प्रमुख रावलले बताउनुभयो । परिक्षालाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित ढंगबाट संचालन गर्नका लागि विद्यालयलाई विशेष निर्देशन गरिएको वताईएको छ ।

Saud Agro Kailash

अनुगमन टोलिमा शिक्षा शाखाका प्रा. स. दिपक बहादुर भण्डारी, नगरपालिका सूचना प्रविधि अधिकृत पौरख कुमार बोगटी, प्रशासन सहायक तथा एम आई एस अपरेटर होम साउद, शिक्षा शाखाका कर्मचारी बलराम भाटको सहभागीता रहेको थियो ।

अनुगमन गरिएका विद्यालयहरुमा अनुगमन टोलिले परिक्षा शिक्षक विद्यार्थिको उपस्थिति, व्यवस्थापकीय अवस्था आदिबारे जानकारी लिई आवश्यक निर्देशन समेत दिएको छ । नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा अनुगमन कार्य निरन्तर रहने जनाईएको छ । यहि चैत्र ५ गतेदेखि नगरपालिकाका सम्पूर्ण सामुदायीक विद्यालयहरुमा कक्षा १ देखी ९ सम्मको वार्षिक परिक्षा संचालन भईरहेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.