यही हो नेपाल (कविता)

Samajik Bal biwaha

– सुरेन्द्र बजगाइ “सन्तोषी”

रास्ट्रका देव , यी पशुपति , आस्था र भरोसा ।
अर्चना गर्छन् , नेपाली सारा, मनमा एक् आशा ।।
गिरिजा घर , स्वयम्भू नाथ , छइन बेमेल ।
संसार भर , लोभिने देश , यही हो नेपाल ।।

गौतम बुद्ध शान्तिका दुत भृकुटी जन्मेकी ।
सगरमाथा नेपाली सास कहिलै नरोकी ।।
प्रकृति देवी यसैमा देख्छु छल्केका यि छाल ।
रङ्गको मंच गुलावी लाली यही हो नेपाल ।।

Mangalsen Mun Anurodh

नेपाली जल अमृत फल फरक छइन ।
मनका धनी नेपाली पनि मागन पर्दैन ।।
हिमाली भेग पहाडी देश नेपाली काफल ।
दुधका धार बगेर हिड्ने यही हो नेपाल ।।

नेपाली नसा नसामा पुर्ब पू्र्खाको आशिक ।
टक्रिय जसै अंग्रेज़ सामु यौद्धाका मानव ।।
हजारौं धुन निस्किने मेरो यो प्यारो मादल ।
फैलेको यश ख्याति र कृति यहि हो नेपाल ।।

अनेकौं मठ अनेकै कला अनेकौं सम्पत्ति ।
कसैको पनि मनमा छैन दु:ख र बिपत्ति ।।
सबैको मन लोभिने देश फुलेको हिमाल ।
नेपाली वन हरियो धन यहि हो नेपाल ।।

नेपाली आमा हसाउन हामी डटेर लादछौ।
सम्पत्ति धन होइन देव आशिस माग्दछौ ।।
सन्तान निम्ति पुर्खाले मेरा छाडेको सामल।
खोला र नाला रसाइ बग्ने यही हो नेपाल।।

(लेखक बजगाइ, शिक्षा विकास तथा समन्कवय इकाई अछाममा प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्छ ।)

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.