पत्रकार शंकर थापा माओवादी केन्द्रमा प्रवेशः साँसद साउदले गरे स्वागत

Kirci Gyan Kendra

१७ चैत्र, अछामः

Samajik New Add 2082

पत्रकार महाँसंघ अछामका जिल्ला कार्यसमिति सदस्य तथा एमाले निकट प्रेस चौतारीका जिल्ला सदस्य एवं रामारोशन टुडे अनलाईनका संचालक शंकर थापा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका अछाम जिल्ला ईञ्चार्ज झपट साउदले पत्रकार थापालाई टिका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

Saud Agro Kailash

पत्रकार थापालाई पार्टीमा स्वागत गर्दै जिल्ला ईञ्चार्ज साउदले प्रेस सेन्टर नेपालमा उचित जिम्मेवारीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै निरन्तर आम जनताको पक्षमा वकालत गर्न आग्रह गर्नुभयो । आफ्नो तर्फबाट निरन्तर सकारात्मक साथ र सहयोग रहने भन्दै साँसद साउदले पत्रकारिताको माध्ययमबाट परिवर्तन र क्रान्तिकारी धारको नेतृत्व गर्न थापालाई सुझाव दिनुभयो ।

आफ्नो आस्था विचार र क्रान्तिकारी पनका कारण आफु माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालमा आवद्ध भएर क्रियाशिल हुन चाहेको हुँदा पार्टी प्रवेश गरेको थापाले बताउनुभयो । देशको आमुल परिवर्तन र जनताको मुक्तिका लागि लडेको पार्टी माओवादी केन्द्र भएकोले अवका दिनमा संगठनमा सक्रिय भएर अघि बढ्ने थापाको भनाई छ ।

पत्रकार थापाको पार्टी प्रवेशका क्रममा वाईसिएलका केन्द्रिय सचिव शिव बोगटी, वमईसिएल प्रदेश सदस्य राजेन्द्र साउद, सुमन परियार र अखिल क्रान्तिकारी अछामका उपाध्यक्ष पंकज साउदको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.