राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन र प्रगतिशील जनस्वास्थ्यकर्मी महाँसंघको अछाम जिल्ला कमिटी गठन

Kirci Gyan Kendra

नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन र प्रगतिशील जनस्वास्थ्यकर्मी महाँसंको अछाम जिल्ला समिति गठन भएको छ । शनिवार मंगलसेनमा सम्पन्न जिल्ला सम्मेलन पश्चात भएको बन्दसत्र मार्फत २ वटै संगठनका ११/११ सदस्यीय जिल्ला समिती गठन गरिएको हो ।
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनमा दिपकराज पाण्डेको अध्यक्षतामा समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा दिपशिखा वली, सचिव नरेन्द्र बुढा, सह–सचिव एकेन्द्र वयक, कोषाध्यक्ष सुनिता तामाङ रहनुभएको छ भने बिरेन्द्र शाह, दिला साउँद, सुर्जा कुमारि कुँवर, जगत विक, मिन बहादुर परियार र ममता कुमारि बुढा लगायतका सदस्यहरु रहेका छन् ।

Samajik New Add 2082

यस्तै प्रगतिशील जनस्वास्थ्यकर्मी महाँसंघमा तपेन्द्र बहादुर शाहीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।  जसको उपाध्यक्ष विपना कुमारि साउँद र तपेनद्र साउँद, सचिव भुपेन्द्र बुढा, सह–सचिव भबेन्द्र बोहरा, कोषाध्यक्ष तपेन्द्र नेपाली चयन भएका छन् । यस्तै डम्मरा जोशि, डम्मर बुढा, निरा पुनमगर र निर्मला भट्ट लगायतका सदस्य रहेका छन् ।

यसअघि दिपकराज पाण्डेको अध्यक्षतामा  भएको संयुक्त जिल्ला सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा वाईसियलका केन्द्रीय सचिव शिव बोगटी रहनुभएको थियो । प्रमुख अतिथि बोगटीले स्वास्थ्यकर्मीहरुको हरेक समस्यामा माओवादी केन्द्र पार्टी साथमा रहेको बताउनुभयो । माओवादी पार्टीको क्रान्तिकारी धारलाई रक्षा गर्दै उत्कृष्ट सेवा प्रवाह गर्नुका साथै सांगठनिक रुपमा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।

Saud Agro Kailash

कार्यक्रममा प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सचिव बल बहादुर रावल र राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष करि नेपालि बिशिष्ट अतिथि रहनुभएको थियो ।

उदघाटन समाराेहमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य बिरेन्द्र सापकोटा र खगेन्द्र प्रसाद पन्त, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बम बहादुर साउद, मंगलसेन नगरकमिटी सचिव कमल बहादुर थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला उपाध्यक्ष तपेन्द्र साउद, संगठनका नेता सुरेन्द्र बजगाई, वाई सि एल प्रदेश  कमिटी सदस्य लाल बहादुर साउद लगायतका अतिथि रहनुभएकाे थियाे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका प्रदेश सदस्य नरेन्द्र बुढाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन जिल्ला सदस्य हाेम साउदले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.