
२४ चैत, मेल्लेखः
मेल्लेख गाउँपालिकामा सूचना प्रविधि सम्बन्धि तीन दिने कार्यशाला गाेष्ठि आज देखि सुरु भएको छ । गाेष्ठि नवप्रर्वद्वन साझेदारी काेषकाे सहयोग र मेल्लेख गाउँपालिका सुचना प्रबिधि केन्द्र काे आयाेजनामा भएको हाे ।

स्थानीय सरकार बाट हुने कामकाज र सेवा प्रबाहलाई डिजिटल माध्यमबाट छिटो छरितो र प्रभावकारी बनाउने उदेश्यले गाेष्ठिकाे आयाेजना गरिएको जनाईएको छ । यस्तै इन्टरनेट प्रणाली मार्फत बिद्युतिय माध्यमबाट कामकाज हुने गरि कागज रहित पालिका बनाउने बिषयमा समेत छलफल भैरहको छ ।
मेल्लेख गाउपालिका शिक्षा अधिकृत तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र खड्काकाे अध्यक्षतामा भएको गाेष्ठिका प्रमुख अतिथि मेल्लेख गाउपालिका माजिक विकास संयाेजक तथा कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी रहनु भएका थियो ।
सूचना अधिकारी नमराज शाहीले संचालन गर्नुभएको गाेष्ठिकाे सहजिकरण सुचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउदले गरिरहनुभएकाे । गाेष्ठिमा मेल्लेख गाउँपालिकाका सबै वडाका वडा सचिब र वडा सहायक कर्मचारी गरि २० जनाएको सहभागीता रहेकाे छ ।
