सुदूरपश्चिममा २ महिनासम्म पनि सरकार विस्तार भएन, मुख्यमन्त्री शाह उद्घाटन र काठमाडौं धाउनमै केन्द्रित

Purnima Mobile
Kirci Gyan Kendra

कैलाली । मुख्यमन्त्रीमा नियुक्त भएको २ महिना सम्म पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

Samajik New Add 2082

२६ माघमा शाह प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ माघका मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । सोही दिन कांग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाही मन्त्रीमा नियुक्त भए । देउवा भौतिक पूर्वाधार विकास मन्त्रीमा र शाही आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए ।

Mellekh RM1

यहाँको सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अहिले मन्त्री विहीन छन् ।

चार महत्त्वपूर्ण मन्त्रालयमा सरकार गठन भएको २ महिना सम्म पनि मन्त्री नियुक्त गर्न असफल भएका मुख्यमन्त्री शाह अहिले शीर्ष नेता धाउन काठमाडौँमा र साना तिना योजना उद्घाटन तथा शिलान्यास गर्न प्रदेशका बिभिन्न जिल्लामा धाइरहेका छन् ।

केही दिन अघि मुख्यमन्त्री शाहले अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर १ कुईकाको कार्यालय उद्घाटन गर्न समेत पुगे । उनीसँगै भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवा पनि थिए ।

नेकपा एमालेका सांसद तथा पार्टी प्रदेश सचिव धर्मराज पाठकले अहिलेको सत्ता गठबन्धनको अकर्मण्यताका कारण सरकार विस्तार हुन नसकेको बताउँछन् ।

उनले भने, ‘अहिलेको गठबन्धन सत्ता केन्द्रित छ । यो जनता प्रति उत्तरदायी छैन । बजेट निर्माण गर्नु पर्ने, संसदबाट बिभिन्न ऐनहरू पारित गराउनु पर्ने हो जनताका मुद्धाहरुलाई सम्बोधन गर्नु पर्ने बेलामा सरकार बिस्तार गर्न नसक्नु सत्ता गठबन्धनको असफलता मात्रै होइन नालायकीपन पनि हो ।’

मुख्यमन्त्री शाहले गठबन्धनका दलहरू बिच सहमति हुन नसक्दा सरकार विस्तार गर्न नसकिरहेको बताइन्छ । शीर्ष नेताहरूलाई भेटेर सरकारलाई पूर्णता दिन आवश्यक रहेको समेत बताएका शाहले अझै पनि मन्त्री बन्नेहरूको नाम पाइसकेका छैनन् ।

Saud Agro Kailash

कांग्रेस संसद् समेत रहेको प्रदेशका महामन्त्री मेघराज खड्काका अनुसार अहिले केन्द्रीय राजनीतिका बिषयमा छलफल भइरहेको हुँदा प्रदेशको बिषयमा टुङ्गिन ढिलाइ भएको हो ।

‘अहिले शीर्ष नेताहरू केन्द्रीय राजनीतिमा केन्द्रित हुनुहुन्छ प्रदेशका बिषयमा अब छलफल सुरु हुन्छ’ उनले भने ‘एक साता भित्रै सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।’

अहिले ४ मन्त्रालय मन्त्री विहीन छन् । माओवादी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने तयारी गरिए पनि कुन दलले कुन मन्त्रालय पाउने भन्ने सहमति हुन सकेको छैन ।

माओवादी केन्द्रले अहिले सम्म तीन मन्त्रालयको दाबी गरिरहेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक सहित तीन मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहेको माओवादी सांसद ओम विक्रम भाट सरलको भनाइ छ ।

‘हामी सत्ता गठबन्धनको पनि दोस्रो ठूलो दल हौँ । संसद्को पनि दोस्रो ठूलो शक्ति हौँ ‘ उनले भने ‘हाम्रो बटम लाइन तीन मन्त्रालय हो । ‘

माओवादीले तीन मन्त्रालयको दाबी गरे पनि मुख्यमन्त्री शाह माओवादीलाई दुई मन्त्रालय दिन तयार भइसकेका छन् । तर, माओवादीले कुन कुन मन्त्रालय पाउने र कसलाई पठाउने भन्ने बिषयमा भने कुनै ठोस निर्णय भएको छैन । यसैबिच सरकार विस्तारबारे छलफल गर्न माओवादीले वार्ता टोली समेत तयार गरेको छ ।

संसदीय दलका नेता खगराज भट्टको संयोजकत्वमा तयार गरिएको वार्ता टोलीमा मानबहादुर धामी, गीता माल, रमेश धामी र शिवसिंह ओली सदस्य छन् । यस टोलीले सरकारसँग वार्ता र संवाद अगाडी बढाउने जनाएको छ ।

उता नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सहभागी हुन २ मन्त्रालयको बटम लाइन तयार गरेको छ । तर, मुख्यमन्त्री शाह दुई मन्त्रालय दिँदा कांग्रेसको भागमा आफू र एक मन्त्रालय मात्रै बाच्ने भएको हुँदा नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमै मनाउने प्रयास गरिरहेको स्रोतको दाबी छ । तर,नागरिक उन्मुक्ति पार्टीले अहिले यस बिषयमा औपचारिक छलफल नभएको जनाएको छ ।

हामीसँग सरकारलाई पूर्णता दिने बिषयमा कुनै छलफल भएको छैन’ नागरिक उन्मुक्तिका सांसद घनश्याम चौधरीले भने ।
मुख्यमन्त्री नियुक्त भएको दुई महिना सम्म पनि सरकारलाई पूर्णता दिन नसकेका मुख्यमन्त्री शाहले अझै केही दिन सरकार विस्तार गर्न नसक्ने स्रोतको दाबी छ । केन्द्रमा शीर्ष नेताहरूबिच मन्त्रालय भागबन्डाका बिषयमा सहमति नभएको हुँदा प्रदेशमा मुख्यमन्त्री राजधानी धाउने ,उद्घाटन र शिलान्यास मै केन्द्रित हुने गरेका हुन् ।

-Nepalkhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.