मंगलसेनमा संचालित आखा शिविरमा ३५१ जनाले सेवा लिए, ६० जनाको आँखाको शल्यक्रिया

Samajik Bal biwaha
मंगलसेनमा बुधबारबाट सुरु भएको आँखा उपचार तथा शल्यक्रिया शिविरमा विभिन्न व्यक्तिहरुले सेवा लिएका छन । मंगलसेन नगरपालिकाको आयोजना तथा गेटा आँखा अस्पतालको सहकार्य र नेपाल नेत्रज्योति संघ अछामको समन्वयमा संचालित शिविरमा आँखाका सामान्य उपचार तथा जटिल सल्यक्रिया कार्य गरिएको हो ।
पहिलो दिन ५८ जनाको मोतियाबिन्दु र २ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको छ । शिविरमा सामान्य आँखा उपचार तथा चेकजाँच सेवा ३५१ जनाले लिएका छन । शिविरमा गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिस्टको नेत्त्वमा स्वास्थ्यकर्मीहरुको टोलिले सेवा प्रदान गरिरहेको नेपाल नेत्रज्योति संघका कार्यवाहक अध्यक्ष शंकर रावलले जानकारी दिनुभयो ।
यसअघि बिहान भएको शिविर उदघाटन कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा सहित विभिन्न वडाका वडा अध्यक्षहरु र सरोकारवालाको सहभागिता रहेको थियो ।
Mangalsen Mun Anurodh
Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.