बाजे हराएको नाति म !

Samajik Bal biwaha

– बालाराम उपाध्यायः

नेपाली जिब्रोबाट हरबखत प्रादुर्भाव हुने बाणि हो- हामि वीर गोर्खालीको सन्तान हौं । यो सब्द सुन्दा आफैंमा गर्ब को अनुभुती हुन्थ्यो, तर आज दिन प्रतिदिन यो शब्दको अक्षर दुब्लो हुदैगएको छन् । यति मात्रै कहाँ हो र ? गौतम बुद्ध जन्मेको देश र सगरमाथा को देश भन्ने शब्द पनि पातलिदै गएको छ ।

Mangalsen Mun Anurodh

यो देश अत्यन्तै सुन्दर छ।प्रकृति प्रेमिहरुले, प्राकृतिक सौर्न्दर्य ले भरिपुर्ण छ, भन्छन्,धर्मावलम्बीले तपो भुमि भन्छन्, राजनीति कर्मिले शान्ति भुमि भन्छन्, पर्यटक हरुले विश्वकै उत्कृष्ट गन्तव्य मा राख्छन्, जलश्रोतमा विश्व कै दोश्रो धनि देश भनिन्छ तर म भने क्रमशः धेरै चिज गुमाउँदै छु, मेरा धेरै कुरा हराइ सके ! मेरा जंगे पिल्लर हराए,मेरो चुच्चे नक्सा हरायो, मेरो सस्कार हरायो, मेरो सस्कृति हरायो, मेरो भेष भुषा हरायो, मेरो चौतारो हरायो, मेरो पट्कानि हरायो, मेरो ढुंगे धारो हरारो, मेरो अर्म पर्म हरायो, मेरो, मेला पात हरायो, मेरो पुरानो हिड्ने बाटो हरायो, मेरो धुलो (पिठो) पिस्ने पानी घट्ट र जुतारो (जातो)हरायो, धान कुट्ने ओखल र मुसल हरायो, मेरो दहि जमाउने ठेकि र महि बनाउने मदानि हरायो, मेरो गाउँ को सिनो खाने चिल गरुड हरायो, मेरो गाउँ को मार्शि धान हरायो, तिल कागुनु, बेथे हरायो, कपडा बुन्ने चर्खा हरायो, तेल पेल्ने कोल हरायो, चुरोट कारखाना हरारो, छाला जुत्ता उधोग हरायो, सिमेन्ट कारखाना र जुटमिल हरारो कागज कारखाना हरायो, नाता हरायो, इस्ट्मित्र हरायो, मेला जात्रा हरायो, दाजुभाइ हरायो, मेरो गाउँ को तन्नेरि हरायो, बृद्ध बा आमाको अर्ति हरायो, हिमचुलिको हिउँ हरायो, गाउँ को बसन्तको कोइलि चरि हरायो, बागमती को जल हरायो, नदिहरुको गिटि बालुवा हरायो, नैतिक शिक्षा हरायो, इमान र जमान हरायो, साना मान्छेको ढोग हरायो, ठुला मान्छेको आशीर्वाद हरायो, जेठानी देउरानीको ऐचो पैचो हरायो, शिक्षित मान्छे हरायो, माया प्रेम हरायो, एउटा छोरि ज्वाइ को शसुरालि घरको शासु सुशुरा हरायो, बुहारी ले पोइलि घरको शासु सशुरा गुमायो, बाकि केहि रहेन । भए भरको सबै हरायो ।

नेपाल आमाको सम्पत्ति धेरै थियो गुमायौ, बचेको शुद्ध हावा र पानी पनि गुमाउदै छौ । बन जङ्गल मा रहेको जडिबुटी हरायो, आमाको गर्भ मा रहेको भनिएको, फलाम, सुन, पित्तल, युरेनिएम र पेट्रोलियम पदार्थ का खानि हरुमा बाह्य नजर परि सकेको छ ।

धेरै कुरा गुमायौ, हुँदा हुँदा इतिहास हराउँदै छ, आफ्नो गोत्र थर हराउँदै छ, आज बाजेको नाम हराउदै छ । परंपरागत नाता हरायो, निर्दा दुब्लाको गास बास हरायो, बुढि आमैको आश हरायो आफ्नो गाउँ हरायो, आफ्नो ठाउँ हरायो परंरागत पेशा हरायो, आफ्नो बाजेको नाम धेरैलाई थाहै छैन । मेरो नागरिकताको प्रमाणपत्र मा हेर्दा बाजेको नामै हरायो।म यो लेख मार्फत नेपाल सरकार संग अनुरोध गर्न चाहन्छु, नागरिकता को प्रमाणपत्र मा बाजेको नाम लेखियोस, सबैले आ-आफ्नो बंशावलि को अध्ययन गर्ने बाध्यकारि नियम बनाइयोस । हाम्रो बाजेको नाम त हरायो भोलिको पुस्ताको बाजे न हाराओस । धन्यवाद

(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अधिवक्ता समेत हुनुहुन्छ ।)

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.