१६ बर्ष मुनिको सुदूरपश्चिम प्रदेश स्तरिय क्रिकेट : उपाधिका लागि अछाम र डडेल्धुरा भिड्ने

मुख्यमंत्री कप अन्तर्गत १६ बर्ष मुनिको सुदूरपश्चिम प्रदेश स्तरिय क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि अछाम र डडेल्धुरा भिड्ने भएका छन ।

Samajik New Add 2082

दुबै टिम आ-आफ्नो समुह बिजेता बन्दै फाईनलमा प्रबेश गरेका हुन। फाईनल खेल बिहिवार बिहान ९ बजे साँफेबगर नगरपालिका ७ रिडिकोटमा रहेको बडासैन खेल मैदान हुनेछ ।अछाम युवराज खत्रीको कप्तानीमा रहेको छ भने सचिन मल्लको कप्तानीमा डडेलधुरा रहेको छ।

बिगतमा सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने गरेकोमा पहिलोपटक पहाडी जिल्लामा छनोट प्रतियोगिता भएको हो।

प्रतियोगिताबाट खेलाडी छनोट गरि सुदूरपश्चिम प्रदेशको १६ बर्ष मुनिको टिम बन्नेछ ।१६ बर्ष मुनिको राष्ट्रिय किर्केट प्रतियोगिता यहि १० गते देखि धनगढीमा सुरू हुदैछ।

Leave A Reply

Your email address will not be published.