ओडिआईमा कुशल मल्लको पहिलो शतक

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तगर्त ओमानविरूद्धको खेलमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै कुशल मल्लले शतक प्रहार गरेका छन् ।

Samajik New Add 2082

५९ बल खेलका मल्लले ९ चौका र ९ छक्काको मद्दतमा उनले १०१ रन बनाएका छन् ।

यसअघि मलेसियासँगको खेलमा पनि मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

३८‌.५ ओभरको खेल चलिरहँदा नेपालले ६ विकेटको क्षतिमा २०९ रन जोडेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आफ्ना दुबै ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा गुमाएको थियो ।

यस्तै कप्तान रोहित कुमार पौडेल पनि २३ रन बनाएर पेबेलियन फर्किए भने भीम सार्की पनि ३३ रन जोडेर आउट भए ।

यसअघि मलेसियाविरूद्धको पहिलो खेलमा भने नेपालले ६ विकेटको शानदार जित हात पारेको थियो ।

Leave A Reply

Your email address will not be published.