जुम्लाको सिंजा सभ्यता ओझेलमा

Kirci Gyan Kendra

मान सिंह धामी :

Samajik New Add 2082

हामी ग्रीक सभ्यता, युरोपेली सभ्यता, पश्चिमेली सभ्यता आदि कुराहरू पढ्ने गर्छाै । तर ‘नजिकको तिर्थ हेला’ भने जस्तै नेपाली भाषाको उद्गमस्थल सिंजाको वेवास्ता गरेको देख्दा आश्चर्य पनि लाग्न थालेको छ। हामी शिक्षाविद, इतिहासविद, समाजसेवी, नेता आदि भन्न मन पराउनेहरू देशको भाषा, संस्कृतिको सभ्यता बोकेको सिंजाको बारेमा राज्य र अन्य कसैको खोज अनुसन्धान तथा संरक्षणमा ध्यान नजानु दुःखद कुरो हो । आफू इतिहासको विद्यार्थी नभएपनि सिंजाको वारेमा विभिन्न सामाजिक सञ्जाल र केही पुस्तकहरूको अध्ययन पश्चात् संक्षिप्त जानकारी पाठक समक्ष संप्रेषणगर्ने जमर्काे गरिरहेको छु ।

इशापूर्व १४४४ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए । राजा जालन्दर शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति तथा जानकारहरूले वताउने गरेका छन् ।

जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ । यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ। खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए । यस्तै गरी बली राजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको इतिहास छ । जुम्ला राज्यका अन्तिम राजा सूर्यमान शाहीले वि.सं. १८१६ मा राज्याभिषेक गरेका थिए । नेपाल एकीकरणको अभियानमा शिवनारायण खमीको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेलसम्म जुम्ला राज्यको अस्तित्व रहेको थिया । चौथो शताब्दीमा शुरु भएको जुम्ला राज्य अठारौँ शताब्दीसम्म अखण्ड र शक्तिशाली रहेको थियो ।

Saud Agro Kailash

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व बाइसे–चौबीसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य सिंजा राज्य थियो। नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्गमस्थल पनि सिंजा नै हो भने नेपाल भाषा, सभ्यता, संस्कृति, संस्कार पनि सिंजाले नै जन्माएको हो भन्नुमा अतिशयोक्ति नहोला सायद । शक्तिशाली सिंजा राज्यसँगै विश्वका विभिन्न सभ्यतामध्ये सिंजा सभ्यता पनि महत्वपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको जननी पनि सिंजा सभ्यतालाई मानिन्छ । तर समय परिवर्तनसँगै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भै सक्दा समेत खस, सिंजा राज्य, सिंजा सभ्यताको संरक्षण हुन नसक्नु विडम्बनापूर्ण कुरा हो ।

कर्णाली प्रदेश जुम्ला जिल्ला अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यकाको भूगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई छिचोल्दै बाहिर निस्केको छ। ऐतिहासिक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यका केही वर्षयता मात्र सुर्खेत उपत्यकासँग कर्णाली राजमार्ग मार्फत जोडीएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ । कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ। सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेको ठाउँ सिंजा नै हो ।

जुम्ला जिल्लामा अवस्थित सिंजा खस भाषाको उद्गमस्थल हो । सिंजा उपत्यकामा १३ औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको छ। सिंजा उपत्यका खस मल्लहरूको राजधानी हो । १२ औँ शताब्दीदेखि १४ औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिंजामा भएको कुरा विभिन्न इतिहासमा उल्लेख भएको पाइन्छ । सिंजा उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना–ठूला देवी देवताका मन्दिरहरू ; रहेका छन् ।

त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र विराट दरबारको अवशेषसमेत सिंमा भेटिएको छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिंजा, सिहु बाघ, ठूलाठूला ढुङ्गामा कुँदिएका चित्रकला, सङ्केत अक्षर र अङ्कहरू लेखिएका शिलालेखहरूसमेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा रहेका छन् भनेर जुम्ला जिल्लामा बसोबासगर्ने एकजना साथीबाट जानकारी पाएँ। नेपाली भाषाको उदगम स्थल सिंजा उपत्यकाको संरक्षण, खोज अनुसन्धानमा राज्य उदासिन रहेको छ ।
क्रमश : …
मिति : २०८०/०१/०७
मान सिंह धामी
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी

-dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.