खेलमैदानको व्यवस्थाका लागि प्रतिबद्ध रहेको : नगरप्रमुख बोहरा

Purnima Mobile
Kirci Gyan Kendra

 कमल रावल, बैशाख १३ अछाम:

Samajik New Add 2082

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले खेलमैदान ब्यावस्थाका लागि आफू प्रतिबद्धता अनुसार अघि बढने बताउनु भएको छ । आफ्नो पहिलो कार्यकालको प्रतिबद्धता अनुसार अझै खेलाडीको लागि उचित मैदान हुन नसकेको बताउदै आगामी दिनमा पूरा गर्दै जाने बताए ।

Mellekh RM1

मंगलसेन नगरपालिका वडा नम्बर ९ तोल्यानमा आजबाट सुरु १४ औं जिल्ला स्तरीय एव शुभकामना कप क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै वलिगाउका युवा क्रिकेट प्रति निकै लगनशील भएको बताउदै खैलमैदानमा लागि उचित जग्गा उपलब्ध भएमा तुरुन्तै निर्माणका लागि पहलकदमि थाल्ने प्रतिबद्धता जनाए । खेल अवधिभर हरेक खेलाडीलाई अनुशासनको दायरमा रहेर खेल प्रदर्शन गर्न सुझाव दिए ।

Saud Agro Kailash

मंगला बिकास विकास क्लबको आयोजना तथा कृष्ण वीर स्मृति युवा क्लबकाे सहआयोजनामा भएको प्रतियोगितामा बिशिस्ट अतिथि नेकपा एमाले अछामका सचिव भिम बहादुर रावल कालोटोपिले खेल क्षेत्रको विकासमा पार्टीको तर्फबाट नियमित पहल कदमि भईरहेको बताउनु भयो । खेलले समाज, राष्ट्रलाई चिनाउने भएकालेे त्यहि दायरमा रहेर खेल प्रदर्शन आग्रह गरे ।

मंगला विकास क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाली काग्रेस मंगलसेन नगरसभापति झपट बहादुर रावल, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पुरन बहादुर रावल, मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा, मंगला नेरा माविका सहायक प्रधानाध्यापक धर्म बहादुर रावलले शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लबका सचिव श्यामसुन्दर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कमल रावलले गर्नु भएको हो ।

प्रतियोगिताका सफल पार्न मंगलसेन नगरपालिका, वडा नम्बर ९, किशान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा मंगलसेन, विद्यालय, जिल्ला स्थित स्टेशनरी, कम्प्युटर पसल, किराना पसल लगाएतको सहयोग रहेको छ ।

 

 

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.