पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

Purnima Mobile
Kirci Gyan Kendra

२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

Samajik New Add 2082

प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई प्रहरी परिसरमा ल्याएका छौं ।’

Mellekh RM1
Saud Agro Kailash

काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

-onlinekhabar

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.