
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँले घटे पनि पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको बताइएको छ ।

उक्त मूल्य आज मध्यरात १२ बजेदेखि लागु हुनेछ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ९ रुपैयाँ ५२ पैसा र डिजेल ८ रुपैयाँ १३ पैसा प्रतिलिटरले घटेको उल्लेख छ ।


तर निगमको आज साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोलको भाउ घटाएको छैन । हवाई इन्धन र एलपी ग्यासको मूल्य पनि पुरानै कायम गरेको छ ।
अब डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसपछि सार्वजनिक यातायात र ढुवानीका सवारी साधनको भाडा घटेमा मात्र सर्वसाधारणलाई आंशिक राहत हुनेछ ।
