शैक्षिक क्षेत्रको विकासका लागि त्रिपक्षीय सम्बन्ध हुनुपर्छः सांसद रावल

Purnima Mobile
Kirci Gyan Kendra

सुदुरपश्चिम प्रदेश सभा सदस्य मान बहादुर रावलले शैक्षिक क्षेत्रको विकासका लागि त्रिपक्षीय सम्बन्ध हुनु पर्ने बताउनु भएको छ । अभिभावक, शिक्षक र विद्यार्थीबिच सुमधुर हुन सके मात्रै शिक्षा क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने बताए । मंगला नेरा मावि मंगलसेन ९ वलिगाउले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै सांसद रावलले विद्यालय स्थापना कालदेखी योगदान गरेका व्यक्तिको योगदान भुल्न नहुने औँल्याए ।

Samajik New Add 2082

हरेक क्षेत्रबाट मंगला स्कुललाई बनाउन सबैको योगदान रहेकाले आगामी दिनमा अझै व्यवस्थित बनाउदै लैजान सुझाव दिए । समग्र शिक्षा, स्वास्थ्य, बिकास निर्माणका क्षेत्रमा नियमित आफुले आवाज उठाउदै आएकाले विद्यालयका माग सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको बताए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भैरव सिंह बोहराले विद्यालयका समस्याका बारेमा हस्तान्तरण गर्नु भएको मागपत्र ग्रहण गर्दै विद्यालयको अवसर र समस्याको बारेमा पहिले देखि नै जानकार भएकाले सम्बन्धीत निकायमा समाधानका लागि पहल गर्ने बताए ।

Mellekh RM1

Saud Agro Kailash

कार्यक्रमका बिशिष्ट अतिथी समाजसेवी तथा बयोबृद्ध झपट बहादुर रावलले आफुले विद्यालयका लागि गरेको त्याग, तपस्याका कारण अहिले सबैले अवसर पाएका बताउनु भयो । थुप्रै परिवर्तन भएसगै भौतीक संरचना विद्यालयमा क्रमिक रुपमा बनिरहेकाले हरेक शिक्षकलाई शैक्षिक गुणस्तरमा ध्यान दिन सुझाव दिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भैरव सिह बोहराको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, कार्यपालिका सदस्य रेखा कुमारी रावल, शिक्षक अभिभावक संघ अध्यक्ष झुलेन्द्र बहादुर रावल, सल्लाहकार सदस्य बहादुर सिह बिष्ट, वडा नम्बर १० का पुर्व अध्यक्ष नेत्र बहादुर रावल लगाएतको सहभागीता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक मीन बहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सहायक प्रधानाध्यापक धर्म बहादुर रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.