को हुन् सुदूरपश्चिम सरकारमा नियुक्त भएका तीन जना मन्त्री ?

Purnima Mobile
Kirci Gyan Kendra

लामो रस्साकस्सीपछि सुदूरपश्चिम सरकारको मन्त्रिमण्डल विस्तार भएको छ । जसअन्तरगत माओवादीबाट दुई मन्त्री, एकजना राज्यमन्त्री र कांग्रेसबाट एक मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

Samajik New Add 2082

नवनियुक्त मन्त्रीहरूले भ्याएसम्म प्रदेशको अवस्थामा सुधार ल्याउँने बताएका छन् । मन्त्रीमा नियुक्त भएका तीन जना मन्त्रीहरूले यस प्रदेशमा भोगिरहेका समस्याहरूलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Mellekh RM1

को हुन् त सुदूरपश्चिम सरकारमा नियुक्त भएका तीन जना मन्त्रीहरू?

झपट साउँदः सामाजिक विकास मन्त्री

मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट अछाम क्षेत्र नम्बर १ को (२)बाट निर्वाचित सांसद झपट बहादुर साउँद सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित साउँदले शुक्रबार बेलुका पद तथा गोपनियताको शपथ लिए ।

२०३७ असार २४ गते साविकको भाटाकाटिया गाउँ विकास समिति –६ मा उनी जन्मेका हुन् । साउद बुवा विरबहादुर साउद र आमा भिर्की देवी साउँदका माइला छोरा हुन् । उनले २०५४ सालमा महेन्द्र माध्यामिक विद्यालय बयालपाटा माध्यामिक शिक्षा अध्ययनको क्रममा अखिल क्रान्तिकारीको सदस्य बाट राजनीतिक जीवन सुरू गरेका थिए । २०५५ सालमा वाइसिएलको वैधानिक टोल कमिटीको अध्यक्ष भएर काम गरे । २०५६ साल कात्तिक २३ गते पुर्णकालीन टोल कमिटी अध्यक्ष भएर पार्टीमा पूर्ण रूपमा आवद्ध भए ।

२०५७ सालमा भाटाकटेनी सेल सेक्रेटरीको जिम्मेवारी पाए । साउदले त्यसपछि २०५८ देखि अखिल क्रान्तिकारी अछामको अध्यक्ष हुँदै दुई कार्यकालको जिम्मेवारी पुरा गरे । २०५९ सालमा अछाम, कालिकोट र बाजुराको जिल्ला इन्चार्जको जिम्मेवारी पनि सम्हालेका थिए ।

यस्तै, २०६१ साल माघ १९ गते तत्कालीन समयमा संकटकालको घोषणा भएका बेला पार्टीले नारायणी र बागमती अञ्चलको संयोजकको जिम्मेवारी उनलाई दिएको थियो । त्यसपछि त्यति बेला उनी पार्टीको  क्षेत्रीय ब्युरो सदस्य थिए । २०६३ सालमा सेती महाकाली संयोजक भएर पार्टीका गतिविधिलाई अगाडि बढाएका थिए ।

उनी २०६४ सालमा संविधान सभा सदस्यको निर्वाचनमा अछाम क्षेत्र नम्वर १ बाट  उम्मेदवार बनेका थिए । त्यसबेला उनी पराजित भए । २०७३ सालमा पार्टीले अछाम जिल्ला संयोजक जिम्मेवारी दियो । २०७५ मा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर त्यसबेला बनेको नेकपा पछि अछाम जिल्ला सचिवको जिम्मा दिइयो । फेरी पार्टी अलग भएपछि पुरानै जिम्मेवारी पाएका थिए ।

२०७९ सालको निर्वाचनमा अछाम जिल्ला क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । साधनस्रोतले भ्याएसम्म प्रदेशको अवस्थामा सुधार ल्याउने गर्ने गरी काम गर्ने उनको भनाई छ । ‘सुदूरपश्चिम सरकारको स्रोत साधानले भ्याएअनुसार विकासका गतिविधिलाई अगाडि बढाउने छु,’ उनले भने ।

रमेशसिंह धामी – उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री

कैलाली क्षेत्र नम्बर ५ को (१) बाट चुनाव जितेका रमेशसिंह धामी सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

धामीले शनिबार दिउँसो बेलुका मन्त्री पदको शपथ लिएका छन् ।
२०३८ साल कात्तिक २३ गते दार्चुलाको साविकको धापा गाउँ विकास समिति– ३ बाजमा धामी जन्मेका हुन्। धामीका बुबा धुकुड सिंह धामी र आमा विरमा देवी धामीका कान्छा छोरा हुन्। उनले माध्यामिक शिक्षा मालिकार्जुन माध्यामिक विद्यालयबाट पुरा गरे । उनले २०५४ साल बाट अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनितीमा प्रवेश गरे ।

Saud Agro Kailash

२०५६ सालमा कैलाली बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटी हुँदै २०५७ सालमा अनेरास्ववियुबाट सदस्य पदको उमेदवार भएका थिए। २०५८ सालमा उनी अनेरास्ववियु छाडेर अखिल क्रान्तीकारीमा समाहित भए । माओवादी पार्टीमा आवद्ध हुँदै २०५९ मा स्नातक दोस्रो वर्षको परिक्षा नदिँदै उनले भुमिगत हुनपर्याे ।

२०६१ सालमा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष भएका थिए। त्यसपछि पार्टीको जिल्ला सदस्य हुँदै धनगढी नगरपालिकाको इन्चार्जको भूमिका निर्वाह गर्दै पार्टीको योजनासंगै जनमुक्ति सेनाको फर्मेसनमा आवद्ध हुँदै स्पेसल टास्क फोर्समा जिम्मेवारी सम्हालेको उनले बताए ।

२०६२/६३ को जनआन्दोलनसँगै शान्ती प्रक्रियामा महत्वपुर्ण निर्वाह गर्नुपर्ने भएकाले सेना फर्मेसनबाट बिदा भएर पार्टी जीवनमा फर्केका थिए । २०६४ सालमा थारूवान राज्य समितिको सदस्य हुँदै फेरी पुन: विद्यार्थीको केन्द्रीय सचिवको भएर काम गरे।

हाल उनी नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रिय सदस्यको काम गर्दै आएका छन् ।

उनी २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ को २ बाट निर्वाचनमा सहभागी भएका थिए।त्यसबेला उनी नेपाली कांग्रेसका डिल्ली पन्तसंग पराजित भएका थिए । २०७९ को निर्वाचनमा भने कैलाली क्षेत्र नम्बर ५ को १ बाट नेकपा एमालेका नेपाल चौधरीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । मन्त्री भएपछि जनताले भोगिरहेको समस्या समाधानलाई प्राथमिकता दिएर काम गर्ने उनले बताए ।

‘उद्योग पर्यटन क्षेत्रमा मेरो क्षेत्रअधिकार भित्र परेका कामहरू म प्राथमिकताका साथ पुरा गर्ने छु,’ उनले भने ।

पुथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानून मन्त्रालय

बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्। उनले शनिबार पद तथा गोपनिताको शपथ लिए ।

२०१५ साल माघ १७ गते बझाङ जिल्लाको तत्कालीन लुयाटामा बुबा मानबहादुर सिंह र आमा तारादेवी सिंहका कोखबाट उनको जन्म भएको हो । पाण्डु प्राथमिक विद्यालय र घचाया प्राथमिक विद्यालय हुँदै सत्यवादी माध्यमिक विद्यालयबाट उनले एसएलसी पूरा गरे ।

उनले बीएल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेका थिए। सिंहले कानुनकै विद्यार्थी भएकोले प्रदेशको हित हुने नीति निर्माणमा जोड दिने बताए । २०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आवद्ध भएका थिए ।

उनी नेपालगन्ज हुँदा २०३५ सालतिर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए । त्यसैबेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बने। २०४९ सालमा उनी तत्कालीन लुयाटा गाउँविकास समितिको अध्यक्ष समेत भएका थिए ।

२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भए, तर हारे ।

त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी वहन गरे । पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै अहिले महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडेपनि हारेका थिए।

२०७९ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएको बताए । ‘सरकारमा सहभागी भएपछि जिल्लावासीलाई धन्यवाद दिन्छु, प्रदेशको हित हुनेगरि काम गर्नेछु,’ उनले भने ।

-setopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.